Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

माओवादी केन्द्र भीमसेन थापा गाउँपाटीको राजनितिक प्रशिक्षण सम्पन्न


1.6K
Shares

माओवादी केन्द्र भीमसेन थापा गाउँपाटीको राजनितिक प्रशिक्षण सम्पन्न

गोरखा, ६ भदौ । नेकपा माओवादी केन्द्रका गोर्खा जिल्ला इन्चार्ज अमर तमुले क्रान्तिको उपलब्धिलाई रक्षा गर्दै माओवादीले जितेका स्थानीय तहहरू ले समाजवादी बाटोमा अघि बढ्नुपर्ने बताउनुभएको छ । गोरखाको भीमसेन थापा गाउँपालिकामा आज आयोजित पालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनतासँग गरेका प्रतिबद्धताहरु पुरा गर्दै जानुपर्ने बताउनुभयो ।

उहाँले माओवादीले आन्दोलनमा उठाएका कतिपय विषयहरू अझै पनि पुरा गर्न नसकेकाले जनतासँग आत्मालोचना गरेर अघि बढ्नुपर्ने बताउनुभयो । पार्टीका केन्द्रीय सदस्य समेत रहनुभएका जिल्ला इन्चार्ज तमुले माओवादीको नेतृत्वमा मात्र नेपालमा समाजवाद सम्भव भएको बताउनुभयो ।

उहाँले समाजवादको आधार तयारका लागि अगाडि बढ्दा माओवादीले पहिला आफूलाई सुधार गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो उहाँले स्थानीय सरकारको नेतृत्व गरेको गाउँपालिकाहरूमा माओवादीले तीन वर्षको सरकारको नेतृत्वको गम्भीर समीक्षा गर्ने तयारी गरिरहेको बताउनुभयो ।

इन्चार्ज तमुले माओवादी विरुद्ध यथास्थितिवादी प्रतिगमनकारी र दलाल पुँजीपतिहरूबाट चौतर्फी घेराबन्दीको प्रयास भइरहेको भन्दै हरेक चुनौतीलाई सामना गरेर माओवादी विचार आदर्श र कार्यदिशालाई पूरा गरेरै छोड्नुपर्ने बताउनुभयो प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्र केन्द्रीय निर्वाचन समितिका सदस्य स्थिरप्रसाद खनालले परिवर्तनको नेतृत्व गरेको माओवादीले परिवर्तन संस्था पर्याप्त नेतृत्वको अवसर गर्न नपाउँदा देश समस्यामा फस्दै गएको बताउनुभयो ।

उहाँले परिवर्तन विरोधीहरु सरकारको नेतृत्वमा पुगेकाले परिवर्तनलाई संस्थागत गर्नेभन्दा पनि मौकाको फाइदा उठाउने तर्फ केन्द्रित भएको बताउनुभयो प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्रका निर्वाचन क्षेत्र प्रदेश (क) का संयोजक एवं गण्डकी प्रदेशका सदस्य ध्रुवप्रसाद भट्ट गण्डकी प्रदेश कमिटीका सदस्य प्रेमचन्द्र श्रेष्ठ, दीपक श्रेष्ठ, गोपाल बराइली, प्रदेशपरिषद् सदस्य शेषनाथ भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।

नेकपा माओवादी केन्द्र भीमसेन थापा गाउँपालिका पार्टी समितिका अध्यक्ष विनोद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा गाउँपालिका पार्टी कमिटीका पदाधिकारी वडा कमिटीका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

बैठकले संगठन निर्माणलाई अघि बढाउने निर्णयसहित असोजसम्मका लागि कार्ययोजना समेत तयार पारी जिम्मेवारी ठोस गरेको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । प्रशिक्षण कार्यक्रम भीमसेन थापा गाउँपालिका वडा नम्बर ५ बगुवास्थित सहित स्मृति भवनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology