गोरखा, ६ भदौ । गोरखा चेम्बर अफ कमर्सले यसै बर्ष मेलाको आयोजना गर्ने भएको छ । ‘तेस्रो कृषि, पर्यटन तथा ब्यापार प्रबद्र्वन मेला–२०८२’ नाम दिएको मेला सदरमुकामको खेलकुद मैदान हुने चेम्बर अफ कमर्सलका अध्यक्ष रामस्वरुप श्रेष्ठले जमनकारी दिनुभयो ।
मेला आउदो पौष २५ गतेदेखी माघ ५ गतेसम्म सञ्चालनमा आउने छ । ११ दिनसम्म चल्ने मेलाले गोरखाको ऐतिहासिक, धार्मिक, साँस्कृति तथा पर्यटनको विकासमा टेवा पुग्ने विश्वास लिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
उक्त मेलामा त्यस्ता खालका पर्यटकलाई भित्राएर पर्यटन प्रबद्र्वन तथा कृषि लगायत स्थानिय उत्पादन, ब्यापार ब्यवसायको प्रबद्र्वन गर्ने लक्ष्य चेम्बर अफ कमर्सले लिएको छ ।
कमर्सलाई मेला सञ्चालनकोलागि हिजो मात्रै गोरखा नगरपालिकाले स्विकृती पत्र प्रदान गरेको गोरखा चेम्बर अफ कमर्सका महासचिव अशोक राना मगरले जानकारी दिनुभयो । मेला सञ्चालनकोलागि नगरपालिकालाई तिनुपर्ने राजश्व समेत प्रदान गरिसकिएको उहाँले बताउनुभयो ।
यसभन्दा अगाडी २ पटकसम्म दशैको बेला मेला चलाएको गोरखा चेम्बर अफ कमर्सले यो पटक भने पौष महिनामा सञ्चालनको तयारी गरेको हो ।