Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

मानव बेचबिखन तथा ओसारपसार आरोपमा गोरखाकी एक महिला पक्राउ


4.1K
Shares

मानव बेचबिखन तथा ओसारपसार आरोपमा गोरखाकी एक महिला पक्राउ

गोरखा, ६ भदौ । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा गोरखा सदरमुकामकी १ जना युवती पक्राउ परेकी छिन् ।

पक्राउ परेकी युवती गोरखा नगरपालिका–४ फिनामकी २८ वर्षीया सरिता सिर्मल भएको पर्सा प्रहरीले पुष्टी गरेको हो । सिर्मललाई पर्सा प्रहरीले गएको मंगलबार दिउँसो पक्राउ गरेको थियो ।

पीडितहरूलाई विभिन्न प्रलोभन देखाई ललाई फकाई हेटौडाबाट वीरगंज हुँदै भारतको रक्सौलतर्फ लैजान लागेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उनलाई वीरगंज महानगरपालिका–१६ शंकराचार्य गेटस्थित सडकबाट पक्राउ गरेको हो ।

प्रहरीले ३ जना पीडितहरूलाई समेत उद्दार समेत गरेको छ । पक्राउ परेकी सिर्मल उपर मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology