Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

नेकपा माओवादी केन्द्र गोरखाको जिल्ला कार्यलयको विस्तारित बैठक सम्पन्न


1.2K
Shares

नेकपा माओवादी केन्द्र गोरखाको जिल्ला कार्यलयको विस्तारित बैठक सम्पन्न

गोरखा, ६ भदौ । नेकपा माओवादी केन्द्र गोरखाको जिल्ला कार्र्यलयको विस्तारित बैठक सम्पन्न भएको छ । जिल्ला पार्टी कार्यलयमा बुधबार सम्पन्न बैठकले पार्टीको आगामी तीन महिने संगठन सुुदुढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको माओवादी केन्द्र गोरखाका इन्चार्ज अमर तमुले जानकारी दिनुभयो ।

त्यस्तै पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्षकमल दाहाल (प्रचण्ड) को नेतृत्वमाम भदौ तेस्रो सातादेखि पुनः सुरु हुन लागेको मध्यपहाडी लोकमार्ग अभियान अन्र्र्तगत गोरखा हुने कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नका लागि आवश्यक तयारी गर्ने निर्र्णय बैठकले गरेको उहाँको भनाई छ । बैठकलाई सम्बोधन गर्र्नुहुँदै पार्र्टीका बरिष्ठ केन्द्रीय सदस्य हरिराज अधिकारीले परिवर्तनको नेतृत्व माओवादीले गरेको भएपनि अहिले देश दलाल पुँजीपति र यथास्थितीबादीहरुको हातमा गएकाले जनताले अपेक्षा गरेअनुसारको काम हुन नसकेको बताउनुभयो ।

उहाँले यति बेला परिवर्तनकारी शक्ति एकातिर र दलाल नोकरशाही र यथास्थितीवादी शक्ति अर्को तिर रहेको उल्लेख गर्नुभयो । केन्द्रीय सदस्य अधिकारीले काग्रेस र एमालेको असफलताको सिरानीमा माओवादी केन्द्र्रलार्ई हालेर मुछ्ने प्रयास गरिएको आरोप लगाउनुभयो । बैठकलाई सम्बोधन गर्दै पार्टीका इन्चार्ज अमर तमुले पार्टीको नीतिलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औल्याउनु भयो ।

उहाँले जिल्ला भित्रका सवै पालिकाहरुमाम वैचारिक प्रशिक्षण दिने र स्थानीय जनताको बीचमा माओवादी आन्दोलनलाई अझ प्रष्ट ढंगले प्रस्तुत गर्ने निर्णयसमेत गरिएको उल्लेख गर्नुभयो । उहाँले विगतका असफलतालाई आत्मालोचनाको आधारमा सुधार गर्दै पार्टीलाई जनतामाझ थप सशक्त ढंगले प्रस्तुत गर्नुपर्नेमा जोडदिनुभयो । त्यस्तै बैठकलाई सम्बोधन गर्नुहुँदै पार्टीका अर्का केन्द्रीय सदस्य खोपबहादुर कंडेलले राज्यसत्तामा अझै पनि दलाल पूँजीपति वर्गको स्वामित्व कायम रहेको उल्लेख गर्दै त्यसलाई सुधार गरेर मात्र समाजलाई अगाडि लैजान सकिने बताउनुभयो ।

उहाँले प्रतिवद्धताकै आधारमा जनतामाझ विश्वास जित्दै क्रान्तिको मार्गमा अघि बढ्नु पर्नेमा जोड दिनुभयो । बैठकमा पार्टी ११ वटै पालिकाका अध्यक्षहरुले पालिकाको पार्टी अवस्थाको रिर्पोटिङ गरेको जिल्ला सचिव अंकुर तिमिल्सिना आयामले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology