काठमाडौं, २ भदौ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाऊ महाअभियानका संयोजकसमेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । सोमबार भक्तपुरस्थित निवासमै पत्रकार सम्मेलन गरेर प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् ।
ुयसका लागि वर्तमान शासन प्रणाली बमोजिम राजनीतिक दल गठन गर्नुपर्ने अनिवार्य छ। तसर्थ राजनीतिक शक्ति निर्माणका लागि राजनीतिक दल गठन गर्ने निश्चय गरेको छु,ु उहाँले भन्न्ुभयो । उहाँले एक व्यवसायी राजनीतिमा संलग्न हुने रहर नभई बाध्यता रहेको पनि बताउनुभयो ।
ुराजनीतिले विगारेको यो राजनीतिक, आर्थिक र सामाजिक अवस्थामा सुधारका लागि राजनीतिमा संलग्न हुनु हामी बाध्य भएका छौं। तसर्थ मुलुक र मुलुकवासीको अवस्था परिवर्तनका लागि राष्ट्रिय, स्वाभिमान, स्थिर, रोजगारी सुशासन राष्ट्र राष्ट्रियता धर्मसंस्कृति तथा नागरिकको रक्षाका लागि म लगायत हाम्रो अभियानका साथीहरूले राजनीतिक दल खोली राजनीतिमा संलग्न हुने अठोट गरेका छौं,ु उहाँले भन्नुभयो ।
प्रसाईं राजसंस्था पुनर्स्थापनाका लागि गठन भएको ुसंयुक्त जनआन्दोलन समितिु ले तोकेका ुजनकमाण्डरु पनि हुन् । प्रसाईंको नेतृत्वमा चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रदर्शन भएको थियो । उक्त प्रदर्शन हिंसात्मक बनेपछि दुई जनाको मृत्यु भएको थियो भने निजी घर, जडिबुटी प्रशोधन केन्द्र, पार्टी कार्यालय र सरकारी गाडीमा आगजनी भएको थियो ।
प्रसाईं चैत १५ गते अपराह्नदेखि सम्पर्कविहीन थिए । भारतबाट स्वदेश ल्याएर उनीमाथि मुद्दा चलाइएको थियो । उनी धरौटीमा छुटेको केही समयपछि आज पत्रकार सम्मेलन गरेका हुन् ।