गोरखा, ३१ साउन । प्रदेश अस्पताल गोरखा परिषर भित्र रहेको डाईमण्ड बाटिकाले गोडमेल गरेको छ । लायन्स कल्व अफ गोरखा डाईमण्डले बनाएको उक्त बाटिका गोडमेल गरिएको हो ।
साउन अन्तिम शुक्रबारको दिन पारेर अस्पताल हाताभित्र रहेको बाटिका गोडमेल गरिएको अध्यक्ष किसान थापाले जानकारी दिनुभयो ।
संस्थापक अध्यक्ष सविव केसीको प्रमुख आतिथ्यतामा भएको गोलमेल कार्यक्रममा क्लबका पदाधिकारी, साधारण सदस्यका साथै गोरखा नगरपालिकाको प्रतिनिधी र अस्पतालका कर्मचारीहरुको सहभागिता रहेको क्लबका सदस्य ऋषि श्रेष्ठ बताउनुभयो ।