Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखा चेम्बरको बि–२ ब्यवसायिक भवनको शिलान्यास सम्पन्न


1.6K
Shares

गोरखा चेम्बरको बि–२ ब्यवसायिक भवनको शिलान्यास सम्पन्न

गोरखा, ३० साउन । गोरखा चेम्बर अफ कमर्शको बि–२ ब्यवसायिक भवनको आए एक कार्यक्रम बिच शिलान्यास गरिएको छ । गोरखा नगरपालिका–५ को गोरखा दरर्बार हिटीमा बन्न लागेको भवनको शिलान्यास गोरखा नगरपालिकाका मेयर कृण्ण बहादुर राना मगरले गर्नुभएको हो ।

भवन शिलान्यास पछी भएको कार्यक्रममा बोल्दै मेयर राना मगरले निर्माधिन भवनकोलागि गोरखा नगरपालिकाले सहयोग गर्ने बचन दिनुभयो ।

कार्यक्रममा सहभागी भएका गोरखा नगरपालिका वडा नम्बर ५ र ६ का वडाध्यक्ष क्रमश।बिण्णु राना मगर र राजेन्द्र कुमार जोशी दिलिपले समेत भवन निर्माणकोलागि सहयोग उपलब्ध गराउने बचन दिनुभएको थियो ।

चेम्बरका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै श्रेष्ठले भवन निर्माणकालागि आफ्नो तर्फबाट १ लाख नगद सहयोग गर्ने बचन दिएका थिए ।

भवन शिलान्यास कार्यक्रममा चेम्बरका पदाधिकारी तथा सदस्यहरुका साथै स्थानियहरुको उपस्थिती रहेको थियो । भवन निर्माणकालागि जग्गा गोरखा नगरपालिका–६ शक्तिचोक निवासी बिनिता श्रेष्ठ ९बनु०ले दान गरेको चेम्बर अफ कमर्श गोरखाका अध्यक्ष राम स्वरुप श्रेष्ठले बताउनुभयो ।

जग्गादाता गोरखा चेम्बर अफ कमर्शका संस्थापक अध्यक्ष भाई चन्द्र श्रेष्ठका धर्मपत्नी हुन् । हाललाई ३ तलाको भवन बनाउन ७० लाख खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology