Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

नारायणघाट – मुग्लिन सडकको तुइन खोलामा ट्रकमा खस्यो ढुंगा


1.1K
Shares

नारायणघाट – मुग्लिन सडकको तुइन खोलामा ट्रकमा खस्यो ढुंगा

चितवन, २९ साउन । नारायणघाट(मुग्लिन सडकको तुइन खोला पुल नजिकै ट्रकमा ढुंगा खसेको छ । प्लाइउड बोकेको भारतीय नम्बर प्लेटको ट्रकमा पहरोबाट खसेको ढुंगाले लागेर तीन जना घाइते भएका छन् ।

ट्रक चालक भारतको बैंगलुरूका ४५ वर्षीय मेगु प्रसाद, २१ वर्षीय नहमान धुनियाँ र १८ वर्षीय सयद अफिद घाइते भएको डिएसपी रवीन्द्र खनालले जानकारी दिनुभयो ।

ट्रक चालकको टाउकोमा गम्भीर चोट लागेको छ। सबैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । सडकमा खसेको ढुंगा पन्छाएर यातायात सञ्चालनमा ल्याइएको ट्राफिक प्रहरी प्रमुख गायत्री शर्माले जानकारी दिनुभयो ।

सडक डिभिजन कार्यालय भरतपुरले वर्षायामको समयमा पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च हुने हुनाले बुझेर मात्रै सुरक्षित यात्रा गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology