Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

भीमसेन थापाको जागेश्वर मा.विमा सहयोग जुटाएरै विद्यालयमा सोलार जडान


2.3K
Shares

भीमसेन थापाको जागेश्वर मा.विमा सहयोग जुटाएरै विद्यालयमा सोलार जडान

गोरखा, २९ साउन : गोरखाको भीमसेन थापा गाउँपालिका–८ महादेवटारस्थित श्री जागेश्वर माध्यामिक विद्यालयमा आर्थिक सहयोग जुटाएरै सोलार प्यानल जडान गरिएको छ । विद्यालयको भूतपूर्व विद्यार्थी समाजले आर्थिक सहयोग संकलन गरि विद्यालयमा ३ किलोवाट क्षमताको सोलार जडान गरिएको समाजका कोषाध्यक्ष ई. कपिल तिमल्सिनाले जानकारी दिनुभयो ।

‘‘विद्युत आपूर्ति नियमित नहुँदा विद्यालयको कम्युटर कक्षा तथा प्रयोगशाला कक्षा सञ्चालनमा समस्या हुँदै आएको थियो, उहाँले भन्नुभयो, ‘‘विद्यालयले पठनपाठनमा नै समस्या भएको जानकारी गराएपछि भूपूविद्यार्थी समाजमा छलफल गरेर आर्थिक संकलन गरि सोलार जडानको काम सम्पन्न गरिएको हो ।’’

समाजले सोलार प्यानल जडानका लागि रु ४ लाख खर्च गरेको कोषाध्यक्ष तिमिल्सनाको भनाई छ । सोलार जडान भएसंगै अव विद्यालयमा विद्युत आपूर्ति नहुँदासमेत कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशालाको कक्षा नियमित सञ्चालन गर्न सकिने विद्यालयको प्रधानध्यापक यदुनाथ सापकोटाले बताउनुभयो ।

आफ्हरुले अध्ययन गरेको विद्यालयको विद्यालयमा सहयोग गर्न पाउदा खुशी लागेको समाजका अध्यक्ष बसन्त ढकालले जानकारी बताउनुभयो । उहाँले आगामी दिनमा पनि विद्यालयलाई आवश्यक पर्ने थप सहयोगमा निरन्तरता दिदै जाने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology