Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखासहित ४५ जिल्लामा आज बाढीको मध्यम जोखिम


2.2K
Shares

गोरखासहित ४५ जिल्लामा आज बाढीको मध्यम जोखिम

गोरखा २८ साउन । गएरातीदेखिको निरन्तर बर्षाका कारण गोरखा सहित ४५ जिल्लामा आज बाढीको मध्यम जोखिम रहेको बाढी जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज गण्डकी प्रदेशका गोरखा, लमजुङ, पर्वत, तनहुँ, कास्की, बाग्लुङ, म्याग्दी, स्याङ्जा, नवलपरासी पूर्व तथा लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मीमा पनि बाढीको सम्भावना रहेको छ ।

त्यसैगरी कर्णाली प्रदेशको कालीकोट, डोल्पा तथा सुदूरपश्चिम प्रदेशका, बाजुरा ,बझाङ, बैतडी, डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, दार्चुलामा बाढीको मध्यम जोखिम रहेको छ ।कोशी प्रदेशका इलाम, झापा, पाँचथर, सोलुखुम्बु, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, सुनसरी, खोटाङ, ओखलढुङ्गा, उदयपुरमा बाढी आउन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै बागमती प्रदेशको सिन्धुली, काभ्रे, काठमाण्डौ, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, धादिङ, दोलखा, सिन्धुपाल्चोकमा पनि बाढी आउन सक्ने महाशाखाले चेतावनी दिएको छ । बाढीको जोखिम जिल्ला तथा आसपास भएर बहने खोला तथा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखा आग्रह गरेको छ ।

त्यस्तै आज सात वटै प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने र केही स्थानमा अति ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology