Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

विप्लव निकट विद्यार्थी संगठन अखिल समाजवादी गोरखाको सिंगो कार्यसमिति अखिल क्रान्तिकारीमा समाहित


2.1K
Shares

विप्लव निकट विद्यार्थी संगठन अखिल समाजवादी गोरखाको सिंगो कार्यसमिति अखिल क्रान्तिकारीमा समाहित

गोरखा, २८ साउन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट अखिल समाजवादी गोरखाको सिंगो कमिटि नेकपा ९माओवादी केन्द्र० को भातृसंगठन अखिल क्रान्तिकारीमा औपचारिक रूपमा समाहित भएको छ। आज माओवादी केन्द्र गोरखाको पार्टी कार्यालय पाटेचौरमा संगठन समायोजन कार्यक्रमको आयोजना गरी अखि समाजवादीका केन्द्रीय सदस्य तथा अध्यक्ष भीषण थापाको नेतृत्वमा सम्पूर्ण जिल्ला समिति नै अखिल ९क्रान्तिकारी० मा प्रवेश गरेको हो ।

त्यस्तै जिल्ला समितिका उपाध्यक्ष अभिषेक विक, सह–सचिव बिप्निता दुलाल, केन्द्रीय प्रतिनिधि सदस्य एवं कोषाध्यक्ष दिनिशा ढकाल, केन्द्रीय प्रतिनिधि सदस्य अनिषा राना मगर, आज खड्का, आस्विन कुमार, शुभम् राना, मानिस गुरुङ, उमेश विक, उत्तम गुरुङ, सुवास गुरुङ, आशिष विक, वसन्त रम्तेललगायत दर्जनौं विद्यार्थी नेता–कार्यकर्ताहरू एकैपटक अखिल ९क्रान्तिकारी० मा प्रवेश गरेको अखिल क्रान्तिकारी गोरखाका अध्यक्ष सुलभ अम्गाईले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं गोरखा जिल्ला इञ्चार्ज अमर तमुले नवप्रवेशीलाई खादा लगाएर स्वागत गर्नुभएको हो । संगठन समायोजन कार्यक्रममा इञ्चार्ज तमुले विद्यार्थी आन्दोलनलाई क्रान्तिकारी दिशा दिन माओवादीबाट विभाजित भएर बनेका सबै विद्यार्थी संगठनको एकता अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

उहाँले नवप्रवेशीहरूलाई संगठनको सिद्धान्त, नीति र कार्यक्रमअनुसार सक्रिय रूपमा जुट्न आह्वान समेत गर्नुभएको छ । कार्यक्रममा अखिल क्रान्तकारीका केन्द्रीय सदस्य एवं गोरखा जिल्ला इन्चार्ज अनिश अर्यालले सम्पूर्ण विद्यार्थी हकहित र अधिकारको पक्षमा लड्न सक्ने बलियो संगठन अखिल क्रान्तिकारी मात्र भएको बताउनुभयो ।

उहाँले क्रान्तिकारी बिचार बोक्ने विद्यार्थी संगठनहरु अखिल क्रान्तिकारी जोडिनुको अर्को विकल्प नभएको बताउनुभयो । त्यस्तै अखिल क्रान्तिकारी गोरखा जिल्ला अध्यक्ष सुलभ अँगाईले नयाँ साथीसँगै संगठन अझ सबल र सशक्त भएको भन्दै विद्यार्थी हकहितका आन्दोलनमा अझ बढी ऊर्जा थपिने बतउानुभयो ।

संगठन समायोजन कार्यक्रममा नवप्रवेशी नेता भीषण थापाले विगतमा अलग संरचना भएर विभाजित रहेका विद्यार्थी आन्दोलनहरू अब एकीकृत भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology