Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा ५८ जनामा डेङ्गु सङ्क्रमण


1.8K
Shares

गोरखामा ५८ जनामा डेङ्गु सङ्क्रमण

 गोरखा, २८ साउन । वर्षायामसँगै डेङ्गुको सङ्क्रमण दिनप्रतिदिन बढ्दो क्रममा छ । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु सङ्क्रमण मौलाउने मौसम भएकाले डेङ्गु सङक्रमण अझै बढ्न सक्ने चिकित्सक बताउँछन् ।

गण्डकी प्रदेश स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार डेङ्गुको सङ्क्रमण दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ । मन्त्रालयका चिकित्सक सेवा महाशाखा प्रमुख डा। रमेशकुमार केसीका अनुसार गण्डकी प्रदेशभर गत माघ १६ देखि साउन २५ गतेसम्म ८११ जनामा डेङ्गु देखिएको छ ।

यो तथ्याङ्क अनुसार प्रदेशभर सबैभन्दा बढी कास्कीमा ४४१ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ भने मुस्ताङमा सबैभन्दा कम एक जनामा सङ्क्रमण देखिएको छ । मनाङमा अहिलेसम्म डेङ्गुका बिरामी भेटिएका छैनन् ।

तनहुँमा १२०, लमजुङमा ९३, गोर्खामा ५८, बागलुङमा ३२, स्याङ्जामा ३२, पर्वतमा २०, म्याग्दी १० र नवलपुरमा चार जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । वर्षायामसँगै डेङ्गुको सङक्रमण बढी हुने हुँदा यो पटक डेङ्गु जाँचका लागि प्रदेशभरका १४ अस्पतालमा किट उपलब्ध गराउने व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गत वर्षको तुलनामा यो पटक कम सङ्क्रमण देखिएको छ । गत वर्ष हप्तामा सय बढी सङ्क्रमित थपिन्थे भने यो पटक ४०र५० को हाराहारीमा देखिएका छन् ।

लामखुट्टेको टोकाइबाट सर्ने रोग डेङ्गु भएकाले नयाँ बच्चा उत्पादन हुने क्षेत्रलाई जाँच गर्दै त्यसको न्यूनीकरणको गर्ने काम भइरहेका छन् ।” डेङ्गु रोकथाम नागरिकले स्वयम् आफैँ गर्न सक्ने हुँदा त्यसलाई समाधान गर्नका लागि पानी जम्ने ठाउँ पुर्ने, फूलका गमलामा लामखुट्टे बस्न नदिने उपाय खोज्ने, लामखुट्टेको लार्भा नष्ट गर्ने जस्ता कार्य गर्नुपर्ने उहाँको भनाइ छ ।

नेपालमा सन् २००४ मा पहिलो पटक डेङ्गु पुष्टि भएको थियो । २०१९ मा डेङ्गुका सबैभन्दा धेरै बिरामी पुष्टि भएपछि यसले प्रकोपका रूपमा लिइएको थियो । उक्त वर्ष गण्डकी प्रदेशमा पनि डेङ्गुको प्रकोप उच्च रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology