गोरखा, २४ साउन । गोरखामा ब्रह्रमा कुमारी ईश्वरीय विश्व विद्यालय माउन्ट आँबुबाट आएको रक्षा बन्धन एक कार्यक्रम बिच सार्वजनिक गरिएको छ ।
विद्यालयको गोरखा शाखामा आज रक्षा बन्धनको अवसरमा आयोजित कार्यक्रममा भारतबाट आएको रक्षा बन्धन सार्वजनिक गरिएको हो ।
रक्षा बन्धनको गोरखा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष राजेन्द्र कुमार जोशीले सार्वजनिक गर्नुभएको ब्रह्रमा कुमारी ईश्वरीय विश्व विद्यालय गोरखा शाखाकी सञ्चालिका पबित्राले जानकारी जानकारी दिनुभयो ।
उहाँका अनुसार रक्षा बन्धनका अवसरमा विश्व बिद्यालयको केन्द्रिय कार्यालयबाट आएको रक्षा बन्धन बर्षेनी सार्वजनिक गर्ने गरिन्छ ।वडाध्यक्ष जोशीले रक्षा बन्धनको महत्वका बारेमा प्रकाश पार्दै कार्यक्रममा उपस्थित सबैलाई शुभ कामना प्रदान गर्नुभएको थियो ।
रक्षा बन्धन सार्वजनिक गरे लगत्तै शाखामा उपस्थित सबैलाई सञ्चालिका पबित्राले रक्षा बन्धन बाँधिदिनु भएको थियो । आजैका दिन गोरखा र पालुङटारमा रहेको शाखाबाट ३ हजारभन्दा बढी सर्व साधारणहरुले रक्षा बन्धन गराएको पनि ब्रह्रमा कुमारी ईश्वरीय विश्व विद्यालय गोरखा शाखाले जनाएको छ ।