Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

वाइसिएलका पाँच निवर्तमान उपाध्यक्षलाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने माओवादी निर्णय


1.4K
Shares

वाइसिएलका पाँच निवर्तमान उपाध्यक्षलाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने माओवादी निर्णय

काठमाडौं,२३ साउन । नेकपा माओवादी केन्द्रले पार्टीको युवा संगठन वाइसिएलका निवर्तमान पाँच उपाध्यक्षलाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ । साउन १६ देखि १९ सम्म काठमाडौंमा बसेको पार्टी स्थायी कमिटी बैठकले यो निर्णय गरेको हो ।

बैठकको निर्णयबारे शुक्रबार सर्कुलर जारी गर्दै माओवादीले ५ जना वैकल्पिक केन्द्रीय सदस्य थपेको जानकारी गराएको हो । यो निर्णयअनुसार वाइसिएलका पाँच निवर्तमान उपाध्यक्षहरू उमेश घोरासैनी,मञ्जु बम, केहरसिंह कुँवर, गोगन मल्ल र ज्ञानबहादुर ढुंगाना अब वैकल्पिक केन्द्रीय सदस्य बन्नेछन् । यस्तै बैठकले महाधिवेशनसम्म जति पनि वैकल्पिक केन्द्रीय सदस्य बनाउन सक्ने निर्णय गरेको छ ।

पार्टी विधानको व्यवस्थाअनुसार कार्यसमितिको बढिमा ५० प्रतिशतसम्म हुने गरी वैकल्पिक सदस्यहरू बनाउन सकिने प्रावधान छ । ‘तर पार्टी एकता र समायोजन पछिको सन्तुलन मिलाउने क्रममा केही वैकल्पिक सदस्यहरू थप्नुपर्ने भएकाले आगामी केन्द्रीय समितिको बैठक र विधान अधिबेशनप्रति जवाफदेही हुनेगरी उक्त प्रतिशतमा थपघट गर्न सकिने निर्णय गरिएको छ,’ सर्कुलरमा उल्लेख छ, ‘वैकल्पिक सदस्य थप गर्नुपर्दा प्रदेश समन्वय कार्यलयहरुको सिफारिसमा केन्द्रीय कार्यालयले निर्णय गर्ने छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology