Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सुनको भाउ इतिहासकै उच्च, कतिमा भईरहेको छ कारोबार ?


1.6K
Shares

सुनको भाउ इतिहासकै उच्च, कतिमा भईरहेको छ कारोबार ?

काठमाडौं,२३ साउन । शुक्रबार सुनको मूल्य इतिहासकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिनको तुलनामा सुन तोलामा १ हजार रुपैयाँ बढेको हो । यसअघि गत मंगलबार मूल्यले १ लाख ९८ हजार ५ सयको उच्चतम रेकर्ड बनाएको थियो ।

चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँ बढेसँगै २३२५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्यमा यसअघि साउन ७ गते २३५० रुपैयाँको रेकर्ड बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology