Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

रविलाई भेटेपछि बाबुराम : पत्रिकासमेत पढ्न दिँदो रहेनछ, पञ्चायतमा पनि यस्तो हुँदैनथ्यो


2.4K
Shares

रविलाई भेटेपछि बाबुराम : पत्रिकासमेत पढ्न दिँदो रहेनछ, पञ्चायतमा पनि यस्तो हुँदैनथ्यो

बुटवल,२२ साउन । नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला कारागार भैरहवा पुगेर भेट्नुभएको छ । पार्टीको लुम्बिनी प्रदेशस्तरीय बिस्तारित बैठकमा भाग लिन जाने क्रममा भट्टराईले आज बिहान लामिछानेलाई भेट्नुभएको हो ।

भेटपछि पत्रकारसंग संक्षिप्त कुरा गर्दै भट्टराईले लामिछानेलाई थुना बाहिर रहेर मुद्दा लड्न दिनुपर्ने बताउनुभयो । लामिछाने निर्वाचित सांसद भएकाले उहाँ भाग्ने र थप अपराध गर्ने सम्भावना नभएकाले थुनामा राखिरहन आवश्यक नभएको तर्क गर्नुभयो । ‘जनताको प्रतिनिधि भाग्ने र थप अवरोध गर्ने कुरा हुँदैन भन्ने अनुमान गरेर बाहिर राखेर मुद्दा फेस गर्न दिनुपर्ने हो’ भट्टराईले भनन्नुयभो ।

रविलाई जमानत आदि तरिकाले बाहिर निस्केर जनताको सेवा गर्न दिन या सांसद पद खारेज गरेर नयाँ चुनाव गराउन आफूले सभामुखलाई समेत भनेको भट्टराईले बताउनुभयो ।

लामिछानेलाई कारागारमा पत्रपत्रिका उपलब्ध नगराइँदा सूचनाबाट बञ्चित गरिएको र कोठामा एक्लै राखेको देखेर अप्ठेरो महसुस गरेको बताउनुभयो । यसबारे आफूले माथिल्लो निकायमा कुरा गर्ने भट्टराईको भनाई छ ।

‘पत्रपत्रिका ल्याएर दिँदो पनि रहेनछ । हामी त पन्चायतकालमा, पढ्ने गर्थ्यौं । मैले प्रहरीलाई सोधें खै त्यस्तो आदेश छैन भन्नुभयो । कमसेकम सूचनाबाट बन्चित गर्न चाहिँ हुँदैनथ्यो ।’

‘बस्ने ठाउँ पनि साँघुरो रहेछ । जेल भनिसकेपछि त खुला ठाउँ हुन्छ,’ उहाँले भन्नुभयो, ‘यसबारे म सम्बन्धित ठाउँमा भनौंला ।’ जनताको प्रतिनिधि र राजनीतिक बन्दी भएकाले सद्भाव राखेर रविलाई भेट्न आएको भट्टराईले बताउनुभयो । भट्टराईले रवि लामिछानेमाथि सरकारले प्रतिशोध सांधेको दावीसहित उहाँको न्यायका लागि भन्दै रविको पक्षमा हस्ताक्षर समेत गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology