Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

उत्तरी गोरखामा बाढीले २ वटा पुल बगायो


1.9K
Shares

उत्तरी गोरखामा बाढीले २ वटा पुल बगायो

गोरखा, २२ साउन । अबिरल बर्षापछी आएको बाढीले उत्तरी गोरखामा २ वटा पुल बगाएको छ । बाढीले खुनग्यु खोला माथीको पुल र नाक्यु खोला माथीको पुल बगाएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।

अध्यक्ष लामा अनुसार साउन २० गते आएका बाढीले खुनग्यु खोलामाथी बनेको पुल बगाउदा लार र फुर्पे गाउँ आउजाउ गर्न स्थानियलाई समस्या भएको छ ।

लामाले स्थानिय नेन्जिन लामालाई उद्रित गर्दै दुवै गाउँको बिचमा बनाएको पुल साउन २० गते मंगलबार आएको बाढीले बगाएको र सो को जानकारी हिजो मात्र पाएको हो ।

सोही दिन आएको बाढीले लामा गाउँबाट राजेन गुम्बा जाने नाक्यु खोला माथीको पुल बगाएको छ । पुल बगाउदा लामा गाउँबाट लार जाने र आउने सबैलाई समस्या भएको अध्यक्ष लामाले बताउनुभयो ।

पूर्व वडाध्यक्ष पासाङ फुन्जोलाई उद्रित गर्दै अध्यक्ष लामाले उक्त पुल समेत साउन २० गते आएको बाढीले बगाएको थियो । अध्यक्ष लामाले दुवै पुल तत्कालै निर्माण गर्न गाउँपालिकाको विपद् कोषबाट खर्च हुने गरी वडाध्यक्ष टाँसी लामालाई निर्देशन दिएको बताउनुभयो ।

उक्त स्थानहरुमा पुर्वाधार बिकास कार्यालयबाट पक्की पुलकोलागि ४ बर्ष अगाडी सर्वे भएको भएतापनि अहिलेसम्म पनि प्रार्थमिकता नपरेको अध्यक्ष लामाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology