Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

किन्नेर कैलाश यात्रा मार्गमा फसेका ४१३ जना तीर्थयात्रीको उद्धार


1.6K
Shares

किन्नेर कैलाश यात्रा मार्गमा फसेका ४१३ जना तीर्थयात्रीको उद्धार

एजेन्सी,२१ साउन । भारत–तिब्बत सीमा प्रहरी आइटिबिपी ले हिमाचल प्रदेशको किन्नेर जिल्लाको किन्नेर कैलाश यात्रा मार्गमा फसेका ४१३ जना तीर्थयात्रीलाई उद्धार गरेको छ ।

आईटीबीपीको १७ औँ बटालियनका कर्मचारीले तीर्थयात्रीहरूलाई सुरक्षित रूपमा निकाल्न डोरीको सहयोगमा ‘ट्राभर्स क्रसिङ’ प्रविधि प्रयोग गरेर उद्धार अभियान सञ्चालन गरेको जनाइएको छ ।

किन्नेर जिल्ला प्रशासनबाट प्रभावित क्षेत्रमा थप मानिसहरू फसेको चेतावनी प्राप्त भएपछि आइटिबिपी र एनडीआरएफ टोलीहरूलाई पुनः परिचालन गरियो र सघन खोजी र उद्धार कार्य जारी राखिएको छ ।

आइटिबिपीले बाँकी सबै तीर्थयात्रीको सुरक्षा सुनिश्चित गर्न जिल्ला प्रशासन र अन्य सम्बन्धित निकायसँग नजिकबाट समन्वय गर्दै सबै सम्भावित सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

यसैबीच, भारतीय मौसम विज्ञान विभाग ९आइएमडी० ले मौसमी चेतावनी जारी गर्दै बिलासपुर, सोलन, सिमला, सिरमौर र मन्डी जिल्लाहरूमा तीव्र वर्षा र हिमाचल प्रदेशका अधिकांश ठाउँमा हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरेको छ ।

यसबाहेक चम्बा, काँगडा, हमिरपुर, उना, लाहुल र स्पिति, किन्नेर र कुल्लु जिल्लाका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ ।

निरन्तरको भारी वर्षाले सिमलामा सामान्य जनजीवन प्रभावित भएको छ, जसले गर्दा जिल्लाका अधिकांश शैक्षिक संस्थाहरू बन्द भएका छन् ।

राज्य विपद् व्यवस्थापन प्राधिकरण ९एसडिएमए० को रिपोर्ट अनुसार यस वर्ष जुन २० देखि अगस्ट ५ सम्म मनसुनी मौसममा हिमाचल प्रदेशमा १९४ जनाको मृत्यु भएको छ भने कैयो घाइते भएका र ठूलोे सङ्ख्यामा भौतिक संरचनामा क्षति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology