Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

२६ सय भन्दा बढीमा डेङ्गु पुष्टि, सबैभन्दा बढी गण्डकी प्रदेशमा


1.1K
Shares

२६ सय भन्दा बढीमा डेङ्गु पुष्टि, सबैभन्दा बढी गण्डकी प्रदेशमा

काठमाडौँ,२१ साउन । पुस यता दुई हजार छ सयभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा।गोकर्ण दाहालले पुस यता ७४ जिल्लाबाट दुई हजार ६३५ जनामा डेङ्गु पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार हालसम्म डोल्पा, हुम्ला र मनाङ जिल्लामा डेङ्गु सङ्क्रमण पुष्टि भएको रिपोर्ट आएको छैन । डेङ्गु सङ्क्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा ७७९ जनामा डेङ्गु पुष्टि भएको छ । त्यसैगरी, बागमतीमा ५४५, कोशीमा ४६१, लुम्बिनीमा ४२३, सुदूरपश्चिममा ३२५, कर्णालीमा ५६ र मधेशमा ४६ जनामा डेङ्गु पुष्टि भएको डा।दाहालले जानकारी दिनुभयो ।

चिकित्सकका अनुसार डेङ्गु रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ। एडिज जातका लामखुट्टे सफा पानी जम्मा भएको जुनसुकै भाँडोमा हुर्कन सक्दछ ।

सरुवा रोग विशेषज्ञ डा।शेरबहादुर पुनका अनुसार असाध्यै शरीर दुख्ने, खाना खान मन नलाग्ने, पखाला लाग्ने डेङ्गुका प्रमुख लक्षण हुन्।

त्यो बाहेक उच्च ज्वरो आउने, जोर्नी र मांशपेशी, आँखाको गेडी, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा वान्ता हुने जस्ता लक्षण देखिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology