Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा लायन्स आँखा सेवा केन्द्रद्धारा १७ जनाको मोतिविन्दुको शल्यक्रिया


1.8K
Shares

गोरखा लायन्स आँखा सेवा केन्द्रद्धारा १७ जनाको मोतिविन्दुको शल्यक्रिया

गोरखा, २१ साउन । गोरखा लायन्स आँखा सेवा केन्द्रले मिति २०८२ साल साउन १९, २० र २१ गतेसम्म सञ्चालन गरेको मोतिबिन्दु शल्यक्रिया शिविरमा गोरखा जिल्लाका विभिन्न पालिका क्षेत्रका बिरामीको सफल शल्यक्रिया सम्पन्न गरिएको छ ।

तीन दिने अभियानमा गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका, बारपाक सुलिकोट, सिरानचोक, शहिद लखन तथा आरुघाट गाउँपालिकाबाट आएका बिरामीहरुको मोतिविन्दुको शल्यक्रिया गरिएको हो ।

गोरखा लायन्स आँखा सेवा केन्द्रका प्रशासकीय अधिकृत विश्व प्रकाश अर्यालका अनुसार कुल १७ जनाको मोतिबिन्दु शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको हो । तीमध्ये १० जना गोरखा नगरपालिकाबाट र ७ जना अन्य पालिकाबाट आएका थिए ।

सहभागीमध्ये ८ जना महिला र ९ जना पुरुष रहेको उहाँको भनाई छ । शल्यक्रिया सेवाबाट लाभान्वित भएका बिरामीहरू सेवा केन्द्रको नियमित स्वास्थ्य परीक्षण कार्यक्रममार्फत पहिचान गरिएका थिए ।

केन्द्रले विभिन्न पालिका, विद्यालय र समुदायस्तरमा पुगेर आँखा परीक्षण गर्दै आएको छ । परीक्षणका क्रममा मोतिबिन्दु देखिएका बिरामीहरूलाई केन्द्रमा रिफर गरी शल्यक्रिया गरिँदै आएको छ । प्रशासकीय अधिकृत अर्यालले भन्नुभयो, “हामीले समुदायमै पुगेर सेवा प्रवाह गर्ने नीति अपनाएका छौं, जसबाट धेरैलाई आँखाको उपचारमा पहुँच मिलेको छ।”

त्यस्तै, हाल वर्षा याम सुरु भएकाले आँखामा संक्रमणको सम्भावना बढ्ने भएकाले जनमानसमा सतर्कता अपनाउन केन्द्रले अनुरोध गरेको छ । गोरखा लायन्स आँखा सेवा केन्द्रले नियमित रुपमा निःशुल्क आँखा शिविर सञ्चालन गरि बिरामीहरुलाई सेवा दिदै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology