Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्न सांसद बस्नेतद्वारा सरकारको ध्यानाकर्षण


1.1K
Shares

स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्न सांसद बस्नेतद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ, २१ साउन । नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले स्वास्थ्य क्षेत्रमा जनशक्ति अभावको कारण नागरिकले आधारभूत उपचार सेवा पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गरउनुभएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद बस्नेतले स्वास्थ्य चौकी तथा जिल्ला अस्पतालहरूमा चिकित्सक अभाव हुँदा नागरिकले उपचार सेवा नभएको भन्दै जनशक्ति थप गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

दरबन्दी भएका अस्पतालहरूमा समेत जनशक्ति आपूर्ति हुन नसकेको उहाँको भनाइ छ । उहाँले धेरै स्थानीय तहका आधारभूत अस्पतालहरूका ओएनएम नहुँदा दरबन्दी समेत सिर्जना हुन नसकेको बताउनुभयो ।

उहाँले तीन तहको सरकारबिच आवश्यक समन्वय गरी स्वास्थ्यकर्मी पदपूर्ति गरी नागरिकको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयभो, ‘स्थानीय, प्रदेश र सङ्घीय सरकारबिच समन्वय गरी यथाशीघ्र ओएनएम गरी पदपूर्ति प्रक्रिया अगाडि बढाइयोस् । र दुर्गम क्षेत्रका स्वास्थ्यकर्मीका लागि विशेष प्रोत्साहन प्याकेजको व्यवस्था गरियोस् ।’

सांसद बस्नेतले दुर्गम क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरूको लागि प्रोत्साहन प्याकेजको व्यवस्था गर्न समेत माग गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology