Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

जन्मदर बढाउन चीनको नीति ः बालबालिकालाई वार्षिक भत्ता र किन्डरगार्टेनको शुल्क मिनाहा


1.3K
Shares

जन्मदर बढाउन चीनको नीति ः बालबालिकालाई वार्षिक भत्ता र किन्डरगार्टेनको शुल्क मिनाहा

एजेनसी, २१ साउन । चीनले घट्दो जन्मदरलाई बढाउनका लागि नयाँ नीति कार्यान्वयनमा ल्याएको छ । चीनले तीन वर्षभन्दा मुनिका बालबालिकालाई वार्षिक भत्ता दिने र किन्डरगार्टेनमा पढिरहेका बालबालिकाहरूको शुल्क मिनाहा गर्ने निर्णय गरेको हो ।

चिनियाँ सञ्चारमाध्यहरूलाई उद्धृत गर्दै रोयटर्सले लेखेको समाचारमा चीनले तीन वर्षमुनिका बालबालिकालाई वार्षिक ३ हजार ६ सय युआन ७० हजार नेपाली रूपैयाँ भत्ता दिने भएको छ । वार्षिक भत्ताको योजना गत जनवरीयता जन्मेकाहरूमा लागू हुनेछ । यो पैसा उनीहरूको हेरचाहका लागि अभिभावहरूकलाई समस्या नहोस् भन्नका लागि दिइएको हो ।

यसबाट झन्डै २ करोड परिवार लाभान्वित हुने अनुमान गरिएको छ । त्यस्तै सार्वजनिक किन्डरगार्टेनमा अध्ययनमा बालबालिकाहरूको शुल्क मिनाहा गर्ने निर्णय पनि मंगलबारको मन्त्रिपरिषद् बैठकले गरेको रोयटर्सले लेखेको छ ।

निजी किन्डरगार्टेनको शुल्कमा पनि छुट दिने व्यवस्था गरिएको बताइएको छ। यो योजना यही वर्षको शैक्षिक सत्रदेखि लागू हुनेछ ।

किन्डरगार्टेनका शिक्षकहरूलाई तलब वितरणमा ढिलाइ नगर्नका लागि सरकारले सम्बन्धित निकायलाई आग्रह गरेको छ । त्यसका लागि सरकारले बजेट व्यवस्था गर्ने पनि बताइएको छ ।

बालबालिकाहरु हुर्काउन र प्रारम्भिक शिक्षाका लागि आर्थिक भार नपरोस् र यसबाट दम्पत्तीहरू बच्चा जन्माउन उत्प्रेरित होउन् भन्नका लागि सरकारले यो व्यवस्था गरेको हो ।

यो नीतिहरू चीनको गम्भीर जनसांख्यिक संकटको पृष्ठभूमिमा ल्याइएका हुन् । सन् २०२४ मा चीनको कुल ९० लाख ५४ हजार मानिस जन्मेका थिए भने एक करोड ९३ लाख मानिसहरुको मृत्यु भएको थियो । यसले गर्दा चीनको जनसंख्या लगातार तेस्रो वर्ष घटेको हो ।

सन् २०२४ अन्त्यमा चीनको कुल जनसंख्या १।४०८ अर्ब मा झरेको छ। यो २०२३ को तुलनामा १३ लाखले कम हो ।

चीनमा सन् १९८० देखि २०१५ सम्म एक सन्तान नीति कार्यान्वयनमा थियो । त्यसको प्रभावले अहिलेका युवा युवतीहरूमा सन्तान जन्माउने चाहना नै नरहेको भनेर रोयटर्सले जनाएको छ।

उच्च जीवन खर्च, बालबालिका पालनपोषणको बोझ, र रोजगारीप्रतिको अनिश्चितता कारण चिनियाँ युवाहरू विवाह र सन्तान जन्माउने कुरामा अनिच्छुक छन्।

यस बीचमा सरकारको उद्देश्य जन्मदरमा पुनः सुधार ल्याउनु, बालबालिकाको हेरचाह र शिक्षासम्बन्धी खर्च कम गर्नु, र युवालाई विवाह तथा परिवार विस्तारतर्फ प्रेरित गर्नु हो।

यद्यपि सरकारको यो नीति सन्तान जन्माउन प्रेरित गर्न पर्याप्त नहुने विशेषज्ञहरूले बताएको भनेर सिएनएनले लेखेको छ।

२५ वर्षीया जेन लीले सरकारले नयाँ नीति ल्याए पनि सन्तान जन्माउने इच्छा आफूमा नभएको बताइन्।

अमेरिकी मिडिया सिएनएनसँगको कुराकानीमा उनले सरकारले दिने भनेको ३ हजार ६०० युआन बच्चाको खर्चका लागि पर्याप्त नहुने उनको भनाइ छ।

फेरि किन्डरगार्टेनसम्मको शुल्क मिनाहा गरे पनि त्यो भन्दा माथिको शिक्षा प्राप्त गर्न महँगो शुल्क तिर्नुपर्ने उनले बताए। उनी आफैले पनि लाखौं ऋण गरेर डाक्टरी पढेको बताइन्।

ुबच्चा हुर्काउने खर्च अत्यधिक हुन्छ। वर्षको ३,६०० युआन एक थोपा मात्रै हो,ु उनले भनिन्।

बेइजिङस्थित युवा पपुलेसन रिसर्च इन्स्टिच्युटको हालैको अध्ययनअनुसार, चीनमा एक बच्चालाई १८ वर्षसम्म हुर्काउन औसत ५ लाख ३८ हजार युआन खर्च पर्छ। जुन चीनको प्रति व्यक्ति जीडीपीभन्दा ६ गुणा बढी हो । यो तथ्यका आधारमा चीनलाई सन्तान पाउनु सबैभन्दा महँगो हुने देशमध्ये एक मानिन्छ।

शाङ्घाइमा यो लागत १० लाख युआनभन्दा माथि पुग्छ भने बेइजिङमा ९ लाख ३६ हजार युआन सम्म पुग्छ । बच्चा पाउनु दुस्ख मात्रै थप्ने कुरा हो। मेरो बच्चाले खास राम्रो जीवन पाउन सक्दैन भने किन जन्माउनू,ु जेन लीले भन्नुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology