Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखामा सहकारी सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न


791
Shares

गोरखामा सहकारी सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

गोरखा, २१ साउन । सहकारीमा बढदै गएको असुरक्षालाई महशुस गरेर गोरखामा सहकारी सुरक्षा सम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाको आयोजना र जिल्ला सहकारी संघको समन्वयमा सदरमुकामको जिल्ला समन्वयको हलमा सहकारी सुरक्षा सचेतना कार्यक्रमको आयोजना गरिएको हो ।

केही बर्ष यतादेखी जिल्ला भित्र रहेका सहकारीमा चोरी तथा कागजात असुरक्षित भएकोभन्दै कार्यालयले सहकारी सुरक्षाकोलागि सचेतना कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरत बहादुर बिकले जानकारी दिनुभयो ।

सचेतना कार्यक्रममा सहभागीहरुलाई सहकारी ऐनले तोकेको मापदण्ड पालना नगर्दा रकम चोरी हुने, महत्वपूर्ण कागजात चोरी तथा आगजनी हुने एवं सहकारी नै धरासायी हुदै गएकोले मापदण्ड पुरा गरेर सञ्चालन गर्न उहाँले आग्रह गर्नुभयो ।

सहकारीका अध्यक्ष, ब्यवस्थापक एवं अन्य सञ्चालकहरु सहभागी भएको उक्त कार्यक्रममा प्रउ बिकले १५ दिनभित्र सहकारी भित्र आधुनिक एवं सुरक्षित भल्ड राख्न, सुरक्षा गार्डको ब्यबस्था गर्न, सिसी क्यामेरा जडान गर्न, सकेसम्म कारोबार गर्दा क्यासलेस गर्न र सहकारीमा राखिने सुरक्षाका सामाग्रीहरुमा प्रहरीको पहुच दिन निर्देशन दिएका थिए ।

अब पनि सुरक्षाका उपायहरु नअपनाई सहकारी सञ्चालन गरेको खण्डमा र अनुगमनका क्रममा सहकारी ऐनले तोकेको सुरक्षा मापदण्ड विपरीत सञ्चालन गरेको पाइएमा सञ्चालक र ब्यवस्थापकलाई अनुसन्धानको धेरामा राखि कारवाही प्रकृया अघि बढाइने उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष बावुराम कोइराला, बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष कृण्ण कुमार श्रेष्ठ, जिल्ला उपभोत्ता सहकारी संघका कपिलबावु कट्टेल गोरखा नगरपालिकाका प्रतिनिधी एवं सरोकार वाला निकाएका प्रमुख एवं प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

सचेतना कार्यक्रममा अध्यक्ष एवं ब्यवस्थाक तथा प्रतिनिधीहरु गरी १५० जनाभन्दा बढीको उपस्थिती रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology