गोरखा, २० साउन । गोरखाको मर्स्याङदी नदी किनारमा १ जना किशोरीको शव फेला परेको छ । शव तनहुँ भानु नगरपालिका(९ बस्ने १७ वर्षीया रमा कुमालको भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीले जानकारी दिनुभयो ।
कुमालको शव हिजो सोमबार स्थानियले नदी किनारमा तैरिरहेको देखेर इलाका प्रहरी कार्यालय ठाँटीपोखरीलाई खबर गरेका थिए । ३स्५० बजे घटना स्थल पुगेको प्रहरीको टोलीले शव कुमालको भएको पुष्टी गरेको थियो । उनको शव पोष्टमार्टमकोलागि तनहुँको दमौली अस्पतालमा पठाइको छ ।
उनको आज पोष्टमार्टम गरी कानूनी प्रकृया पुरा गरेर मात्र परिवारको जिम्मा लगाउने तयारी भएको सूचना अधिकारी सुवेदीले बताउनुभयो । घटनाको अनुसन्धान सुरु गरिएको गोरखा प्रहरीले जनाएको छ ।