Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

विपिन जोशीको रिहाइका लागि कूटनीतिक पहल गर्न भट्टराईको ध्यानाकर्षण


1.2K
Shares

विपिन जोशीको रिहाइका लागि कूटनीतिक पहल गर्न भट्टराईको ध्यानाकर्षण

काठमाडौँ,२० साउन । नेकपा एमालेका सांसद योगेश भट्टराईले विपिन जोशीको रिहाइका लागि सरकारलाई अझै कूटनीतिक पहल गर्न ध्यानाकर्षण गराउनुभएको छ ।

मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका भट्टराईले २ बर्षदेखि बेपत्ता रहेका जोशीबारे प्रभावकारी कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

‘हाम्रा नेपाली युवा विपिन जोशी २०२३ अक्टोबर हमासद्वारा कब्जा गरी बन्धक बनाइएको २ वर्ष बित्न लागेको छ आजसम्म पनि उहाँको स्थिति सार्वजनिक भएको छैन’, भट्टराईले भन्नुभयो, ‘म नेपाल सरकारलाई विपिन जोशीको सन्दर्भमा अझै प्रभावकारी कूटनीतिक पहल गर्नका निम्ति ध्यानाकर्षण गर्दछु ।’

उहाँले नेपालले कुनै पनि देशलाई शत्रु राष्ट्र नठान्ने भन्दै नेपाली नागरिक वा नेपाली सेना कुनै पनि दुई राष्ट्रबिचको युद्धमा सामेल नभएको बताउनुभयो ।

‘यस्तो अवस्थामा पनि नेपाली नागरिकहरू विभिन्न देशमा बन्धक हुनु दुखको कुरा हो’, भट्टराईको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology