Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा ५५ करोड खर्चेर सुविधा सम्पन्न अस्पताल निर्माण


1.4K
Shares

गोरखामा ५५ करोड खर्चेर सुविधा सम्पन्न अस्पताल निर्माण

गोरखा, १९ साउन । गोरखामा निजी स्तरबाट सुविधा युक्त अस्पताल निर्माण सम्पन्न भएको छ । गोरखा नगरपालिका वडा नम्बर –८ को अर्चले फाँट, नमूना प्रतिक्षालय टोलमा अस्पताल हालै निर्माण सम्पन्न भएको अस्पताल ब्यवस्थाप समितिका अध्यक्ष लेखराज पन्तले जानकारी दिनुभयो ।

गोरखा र चिवतनका ब्यवसायीहरु मिलेर ५५ करोड ७५ लाख २५ हजार खर्चेर सुविधा सम्पन्न एनपिआइ अस्पतालको निर्माण गरीएको उहाँले बताउनुभयो । गोरखामा निमार्ण सम्पन्न अस्पताल चितवनको भरतपुरमा रहेको एनपिआइ नारायणी सामुदायिक अस्पताल संग आबद्व रहेको अध्यक्ष पन्तको भनाई छ ।

अध्यक्ष पन्तका अनुसार अस्पताल सञ्चालनकोलागि हालै मात्र गण्डकी प्रदेशको स्वास्थय मन्त्रालयबाट १०० बेडको स्विकृती पाएको छ । आउदो भाद्र १ गतेबाट सञ्चालमा ल्याउने तयारी गरिहेका एनपिआई अस्पतालले सबै सेवाकालागि अत्याधुनिक मेशिनहरु खरिद गरेर जडान गरिसकेको छ । २०७७ साल माघ ५ गतेबाट निर्माण सुरु गरेको अस्पताल ६ बर्षपछी निर्माण सम्पन्न भएको हो ।

भवन निर्माण निर्माणकोलागि शेयर सदस्यहरुबाट २२ करोड ८८ लाख र बैंक मार्फत २६ करोड २२ लाख ऋण लिएर निर्माण गरिएको अध्यक्ष पन्तले बताउनुभयो ।

९ रोपनी क्षेत्रफलमा फैलिएको अस्पतालमा बहिरंग र अन्तरंगका साथै, भिआईपीहरुको सेवाकालागि समेत वार्ड बनाइएको छ । जिल्लामा नै पहिलो पटक अस्पतालले सिटी स्क्यान मेशिन जडान गरेको छ ।

अस्पतालले सुरुमा ७ विशेषज्ञ चिकित्सकहरु सहित सेवा दिने भएको छ । अस्पतालले ७ विशेषज्ञहरुमा फिजिसियन, हाडजोर्नी, बालरोग, स्त्री, सर्जन, रेडियोलोजिष्ट र एनेथेसियोलोजिष्ट सेवा दिने भएको छ । त्यस बाहेक पनि नाक, कान, घाँटी रोग, छालारोग र नशा तथा मानसिक रोगका चिकित्सक सेवा समेत अस्पतालबाट पाउन सकिने अध्यक्ष पन्तले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology