Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

तनहुँकी श्रेष्ठ मिस नेपाल नर्थ अमेरिका


1.7K
Shares

तनहुँकी श्रेष्ठ मिस नेपाल नर्थ अमेरिका

तनहुँ, १९ साउन । तनहुँको आँबुखैरेनीकी दीया श्रेष्ठले अमेरिकाको न्यूयोर्कमा भएको मिस नेपाल नर्थ अमेरिका– २०२५ को उपाधि चुम्न सफल हुनुभएको छ । १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै श्रेष्ठले उपाधि जित्नुभएको हो ।

उपाधि चुमेसँगै श्रेष्ठले अर्को वर्ष हुने मिस नेपालमा सिधै प्रवेश पाउने अवसर पाउनुभएको छ । साथै श्रेष्ठ नेपाल पर्यटन बोर्डको सद्भावना दूत बन्नु हुनेछ । नेपाली समयानुसार शनिबार राति भएको ग्राण्ड फिनालेमा हाल न्यूयोर्क निवासी श्रेष्ठले ८ औं संस्करणको प्रतियोगिताको उपाधि हात पार्नुभएको हो ।

टेनेसी राज्यकी कृष्मा सुवेदी पहिलो उपविजेता र टेक्सास राज्यकी आर्या कोइराला दोस्रो उपविजेता घोषित हुनुभएको छ ।

कलाकार प्रदीप खड्का, आँचल शर्मा, अनुपविक्रम शाही, पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ, सामाजिक संस्था स्नेह केयरकी संस्थापक स्नेहा श्रेष्ठ जजको रुपमा हुनुहुन्थ्यो । आयोजक संस्था ड्रीम्स युनिभर्सलका प्रमुख शैलेन्द्र श्रेष्ठले प्रतियोगिता उत्साहजनक ढंगले सम्पन्न भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology