Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोठ भत्किँदा पाँच पशुचौपाया मरे


1.4K
Shares

गोठ भत्किँदा पाँच पशुचौपाया मरे

रेसुङा, १९ साउन । गुल्मीको मुसिकोट नगरपालिका–१, रगनाम बस्ने ६६ वर्षीय जयबहादुर थापाको गोठ भत्किदा पाँच पशुचौपाया मरेका छन् ।

वर्षाका कारण थापाको ढुङ्गा माटोले बनेको टिनले छाएको दुईतले कच्ची गोठ भत्किएको छ ।

गोठमा रहेका तीन गाई, एक बाच्छा र एक बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो ।

पौदी अमराई प्रहरी चौकी गुल्मीबाट प्रहरी नायब निरीक्षक लखनलाल चौधरी नेतृत्वको टोलीले घटना मुचुल्का गरिरहेको सारुले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology