Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

दुई छोरीले गरे बुबाको किरिया


1.6K
Shares

दुई छोरीले गरे बुबाको किरिया

तनहुँ, १६ साउन । समाजमा छोराले मात्रै बुबाआमाको काजकिरिया गर्छन् भन्ने भ्रम चिर्दै तनहुँमा दुई छोरीहरुले बुबाको किरियामा बसेकी छन् ।

बन्दीपुर– ५ याम्पाढाब निवासी भिमबहादुर क्षेत्रीको ब्लड क्यान्सरले गर्दा ४७ वर्षको उमेर निधन भएपछि उहाँका दुई छोरी २५ वर्षीया निशा क्षेत्री र २१ वर्षीया अनिशा क्षेत्री किरियामा बस्नुभएको हो ।

दुवै छोरीहरुले बिहीबार घरदेखि घाटसम्म काँधमा बोकेर पुर्‍याएका छन् भने दागबत्ती दिएर काजकिरियामा आमासँगै बसेका छन् । अन्तिम संस्कारमा सन्तानको बराबरी दायित्व हुन्छ भन्ने सन्देश दिन बुबाको शव बोकेको, दागबत्ती दिएको र किरियामा बसेको निशा बताउनुहुन्छ ।

छोरा र छोरी दुवै बराबर भएकाले बुवाको काजकिरिया गर्नु कतव्य भएकाले किरियामा बसेको अर्को छोरी अनिशा बताउनुहुन्छ । अनिशाले भन्नुभयो, “कतिपयले छोरी किरिया बस्नु हुँदैन भनिरहनु भएको थियो । छोरा छोरी दुवै बराबरी हुन् भन्ने समाजले बुझ्नुपर्छ भनेर बसेको हुँ ।”

सोही ठाउँ निवासी नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष धनपति अधिकारीले, छोरीहरुको हिक्मतिलो कदमले किरिया गर्न छोरा नै चाहिन्छ भन्ने भ्रम चिर्न सफल भएको बताउनुभयो ।

बुवाआमाप्रति छोरा र छोरीको बराबरी हक र बराबरी कर्तव्य हुने सन्देश प्रवाह भएको अध्यक्ष अधिकारी बताउनुहुन्छ । उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका दुबै छोरीहरु बुबा सिकिस्त बिरामी भएपछि नेपाल फर्किएर स्याहार सम्हार गर्ने गरेका र निधनपछि शव बोक्ने, दागबत्ती दिने र किरियामा बसेको अधिकारी बताउनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology