Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखा र तनहुँका कृषकलाई २५ लाख बढीका सामाग्री बितरण


1.6K
Shares

गोरखा र तनहुँका कृषकलाई २५ लाख बढीका सामाग्री बितरण

गोरखा, १५ साउन । प्रधानमन्त्री कृषि आधुनिकरण परिहयोजनाको कार्यालयले कृषकहरुलाई २५ लाख बढीका सामाग्रीहरु बितरण गरेको छ । परियोजनाको कार्यालयले कृषकहरुलाई गएको आर्थिक बर्षमा २५ लाख ५ हजार रुपैयाँ बरावरका सहयोगी सामाग्री बितरण गरेको परियोजना प्रमुख पूर्ण ढुङानाले जानकारी दिनुभयो ।

परियोजनाले तरकारी खेती, सुन्तला जात र आलु खेती गर्ने कृषक र समूह एवं सहकारीलाई ८५ र ५० प्रतिशत नगद अनुदान अन्तरर्गत सामाग्री बितरण गरेको उहाँले बताउनुभयो ।

‘हामीले कृषकलाई फल टिप्नु अगाडी र पछाडी गरेर बर्गिकरण गरेर अनुदानमा सामाग्री दिएका हौ’ उहाँले भन्नुभयो,‘फल टिप्नु अगाडीका सामाग्रीमा ५० प्रतिशत र टिपी सकेपछीकोमा ८५ प्रतिशत अनुदानमा सामाग्री बितरण गरिएको हो ।’

उत्पादन भएपछीका फल राख्ने क्रेटमा ८५ प्रतिशत अनुदान दिएर सामाग्री बितरण गरिएको हो । परियोजनाले गएको आर्थिक बर्ष ०८१–०८२ मा २ हजार ६५० थान बाग्मती कम्पनीका क्रेटहरु बितरण गरेको थियो ।

त्यस्तैगरी, उत्पादन पूर्वका सामाग्रीहरुमा बगैचा सुद्विणीकरण कृषि औजारहरु भएको परियोजना प्रमुख ढुङानाको भनाई छ ।

उत्पादन पूर्वका सामाग्रीहरुमा स्प्रेएर २५० थान, सिकेचर ९५ थान, आँरा ७२ थान, डिजिटल काँटा १५० थान, ठेलागाडा १०० थान, मल्चिङ प्लाष्टिक १०८ रोल प्रति रोल ४०० मिटर र एप्रोन पिपी सेट १५० थान बितरण गरेको परियोजनाको कार्यालयले जनाएको छ ।

परियोजनाले गएको आर्थिक बर्ष परिक्षणका रुपमा गोरखाको शहिद लखन गाउँपालिकामा १ जना किसानलाई फलफुलको जुस बनाउने मेशिन समेत अनुदानमा दिएको छ ।

उत्पादनपछीका सामाग्रीमा परियोजनाले १३ लाख ८८ हजार ९०० रुपैयाँ र उत्पादन पूर्वका सामाग्रीहरुमा ११ लाख १६ हजार १०० खर्च भएको जनाएको छ ।

परियोजनाको कार्यालयले दिएको जानकारी अनुसार तनहुँमा तरकारी खेती र गोरखामा सुन्तला जात र आलु खेती गर्ने किसान, समूह र सहकारीलाई अनुमानमा सामाग्रीहरु उपलब्ध गराएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology