गोरखा, १२ साउन । नेपाल समाजबादी पार्टी नयाँ शक्ति गोरखाले विभिन्न १५ बुदे माग राख्दै जिल्ला प्रशासन कार्यालय गोरखामा ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंह दरर्बारले पाउने गरी प्रमुख जिल्ला अधिकारी रामु राज कडरियालाई बुझाएको हो ।
जिल्ला समन्वय समितिका संयोजक यान प्रसाद भट्ट सरोज सहितको टोलीले प्रजिअ कडरियालाई बुझाएको ज्ञापन पत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र मुख्य मन्त्रीको ब्यबस्था हुनुपनर्ने, विज्ञता र दक्षताका आधारमा मात्र मन्त्रीमण्डल निर्माण हुनुपर्ने, मत बहिस्कारको अधिकारको ब्यवस्था गरिनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको हो ।
पूर्ण समानुपातिक, पूर्ण समावेशी प्रत्यक्ष निर्वाचन प्रणालीको ब्यवस्था गरिनुपर्ने, समानुपातिक र समावेशी बिकासका साथै सुशासन र सदाचारको ब्यवस्था गरिनुपर्ने तथा संविधानले ब्यवस्था गरेका मौलिक हक भाग ३ धारा १६–४८ अनिबार्य र निशर्त कार्यान्वयन गनुपर्ने माग राखेर प्रजिअ मार्फत प्रधानमन्त्री र मन्त्री परिषदलाई ज्ञापन पत्र बुझाएको नेपाल समाजबादी पार्टी नयाँ शक्ति, जिल्ला समन्वय समिति गोरखाका संयोजक यान प्रसाद भट्ट सरोजले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी कडरियालाई बुझाएको ज्ञापन पत्रमा ‘ठुला राजनीतिक परिवतनसंगै देशले सामाजिक तथा आर्थिक रुपान्तरणको आवश्यकता महशुस गरेता पनि आलोपालो सत्ता संचालन गरेका पुराना राजनैतिक शक्तिहरुले समाजको ज्वलन्त अन्तरविरोधलाई न त हल गर्न सके, न त देशको बिद्यमान समस्याहरुको दीर्घकालिन समाधानको बाटो नै तय गर्न सके’ भन्दै ‘बदलिदो युगको बिचार र प्रविधिलाई पुरानो सोच र चेतनाले निर्देशन गर्न सक्दैनन्’ भनेको छ ।
ज्ञापन पत्रमा देश रेमिटान्सले चेलेको, शैक्षिक संस्थाहरुमा बिद्यार्थी भर्नादर न्यून हुदै गरेको, उद्योग ब्यावसायहरु धरासायी अवस्थामा गज्रीरहेकोले देश असफलता तिर उन्मुख भएको भनिएको छ ।
‘देशको बर्तमान अवस्थालाई नियान्ने हो भने देश विप्रेशणले चलिरहेको छ । मासिक लाखौं युवाहरु बैदेशिक रोजगारीमा विदेशीन बाध्य छन् । स्कुल तथा कलेजहरुमा बिद्यार्थी भर्नादर अत्यन्त न्यून छ’ ज्ञापन पत्रमा भनिएको छ ।
भ्रष्ट्राचार संस्थागत भैसकेको छ भने हत्या, हिंसा र बलात्कारका घटना दिन प्रतिदिन बढिरहेको छ । देश बैदेशिक क्रिडास्थल बनिरहेको अवस्थामा युवा बर्गमा पुरानो राजनैति कदल र बिचार प्रति बितृष्णा पैदा हुनु स्वभाविक नै हो । नागरिकहरु निरास छन्, नागरिकहरु निरास हुनु भनेको देश असफलता तिर उन्मुख हुनु हो’ ज्ञापन पत्रमा भनिएको छ ।
देशलाई आत्मनिभैर बनाउदै युवाहरुलाई देश विकासमा सहभागी गराउन पारदर्शाी नेतृत्व, भ्रष्ट्राचार मुक्त समाज, स्वाधिन राष्ट्रियता एवं दुरगामी दृष्टिकोण आवश्यक भएको भन्दै पुराना शक्ति र बिचारबाट देश चल्न नसक्ने भएकोले त्यसकालागि नयाँ र बैकल्पिक शक्तिनै जनताको आशा र भरोसा हो’ ज्ञापन पत्रमा भनिएको छ ।

