Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

किसानलाई सहजरुपमा मल उपलब्ध गराउन वाइसीएल गोरखाको माग


5.5K
Shares

किसानलाई सहजरुपमा मल उपलब्ध गराउन वाइसीएल गोरखाको माग

गोरखा, ११ साउन । गोरखामा किसानलाई रासायनिक मलको चरम अभाव भएको भन्दै योङ कम्युनिस्ट लिग वाईसियल नेपाल जिल्ला समिति गोरखाले किसानलाई सहज रुपमा मल उपलव्ध गराउन माग गरेको छ ।

योङ कम्युनिष्ट लिग, वाईसियल नेपाल जिल्ला समिति गोरखाले आज गोरखाका प्रमुख जिल्ला अधिकारी राजु राम कडरीयालाई ज्ञापनपत्र बुझाउँदै जिल्लामा रासायनिक मलको सहज आपूर्तिको ब्यबस्था मिलाउन माग गरेको हो । समय मल उपलब्ध नहुदा किसानको उत्पादन, माटोको गुणस्तर र दीर्घकालीन कृषि प्रणालीमा गम्भीर असर पार्ने उल्लेख गरेको छ ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
“समयमा रासायनिक मल गाउँगाउँमा वितरण हुन सकेको छै , जसले गोरखा जिल्लाका किसानहरूको उत्पादनमा संकट निम्त्याउन सक्छ ।” ज्ञापन पत्रमा भनिएको छ ।

वाईसियल गोरखाका अध्यक्ष सुसिल गुरुङ र इञ्चार्ज सागर श्रेष्ठ द्वारा हस्ताक्षरित ज्ञापनपत्रमा मल वितरण प्रक्रियामा दलाल र विचौलियाको संलग्नता रहेको उल्लेख गरिएको छ । सरकारले समयमा मल आपूर्ति गर्न नसकेको, वितरण प्रणालीमा पारदर्शिता नरहेको र किसानहरू मलको अभावमा समस्यामा परेको भन्दै गम्भीर आपत्ति जनाइएको छ ।

“सरकारको ढिलासुस्ती, स्थानीय निकायको मौनता र संवेदनशील विषयमा केन्द्रले आवश्यक ध्यान नदिएको अवस्था रहँदा हामी चुप बस्न सक्दैनौं,” ज्ञापनपत्रमा भनिएको छ । वाईसियल गोरखाले अबको केही दिनभित्रै रासायनिक मलको सहज वितरण नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । वाइसीएलले मलको कालोबजारी रोक्न, किसानको नाममा आएको मल उनीहरूलाई सहज रूपमा उपलब्ध गराउन माग गरेको छ ।
विगत केही वर्षयता मलको अभावका कारण किसानहरू मारमा परिरहेका बेला वाईसियलको ध्यानाकर्षणलाई गम्भीरता पुर्वक लिने प्रमुख जिल्ला अधिकारी कडरीयाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology