गोरखा, ११ साउन । डिभिजन वन कार्यालय गोरखाले जिल्ला भित्र आर्थिक बर्ष २०८१÷०८२ मा आफ्नै नर्सरीमा उत्पादन गरेर बिभिन्न जातका ४३ हजार बोटविरुवाका बेर्ना गरेको छ । विभिन्न तीनवटा नर्सरीमा उत्पादन गरिएका बेर्ना आवश्यकताका आधारमा वितरण गरिएको कार्यालय प्रमुख मदनमोहन शालिण्यले जानकारी दिनुभयो ।
कार्यालयले एक बर्षे राई खनियो, निमारो, टाँकी, जामुन, खोटे सल्ला, इपिल इपिल, अमिलो, कपुर, लप्सी, किम्बु, सिसौ, चाँप, धुपी, निमु, अमला, तेजपात, टिमुरजस्ता बोट विरुवाका २० हजार वितरण गरेको उहाँको भनाई छ ।
त्यस्तै बहुबर्षिय अन्तरगत धुपी, असोका, बर, पिपल, कटहर, बेल, कल्लीफुललगायतका बिभिन्न जातका २३ हजार बोटबिरुवाका बेर्ना उत्पादन गरि वितरण गरिएको प्रमुख शालिण्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार गोरखकाली सव डिभिजन, पालुङटार सव डिभिजन र गण्डकी सव डिभिजन वन कार्यालय अन्र्तगत रहेका नर्सरीबाट बेर्ना उत्पादन गरिएको थियो ।
‘‘माग अनुसार फरकफरक जातका बोटविरुवाका बेर्ना उत्पादन गरिएको थियो, उहाँले भन्नुभयो, ‘‘यसपटक जिल्लाको माग धान्न सक्ने गरि उत्पादन गरेर आवश्यकता आधारमा वितरण गरिएको हो ।’’
कार्यालय अन्र्तगतका नसर्रीहरुमा आर्थिक बर्ष २०८०÷०८१ मा उत्पादन गरि वितरण गर्न बाँकी रहेका बोटविरुवाहरु पनि यसपटक वितरण गरिएको छ । आर्थिक बर्ष २०८२÷०८३ मा पनि ३५ हजार बोटबिरुवा उत्पादन गरि वितरण गर्ने लक्ष्य कार्यालयले राखेको छ ।