Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखाको मझुवा–बैटारी–हटीयाँ सडक ः ट्रयाक खोलेको ३३ बर्षपछि ४ सय मिटर कालोपत्र सम्पन्न


1.8K
Shares

गोरखाको मझुवा–बैटारी–हटीयाँ सडक ः ट्रयाक खोलेको ३३ बर्षपछि ४ सय मिटर कालोपत्र सम्पन्न

गोरखा, ११ साउन । गोरखा–आँबुखैरेनी सडक संग जोडिएको मझुवा–बैटारी–हटीयाँ सडकमा ट्रयाक खोलेको ३३ बर्षपछि कालोपत्रे गर्ने काम सम्पन्न भएको छ ।

गोरखा नगरपालिका–१३ मा पर्ने उक्त सडक खण्डमा पहिलो पटक ४०० मिटर कालोपत्रे सम्पन्न भएको वडाध्यक्ष मित्रा परियारले जानकारी दिनुभयो ।

ट्रक खोलेको ३ दशक पछी गाउँमा कालोपत्रे हुदा खुशी लागेको उनले बताईन । ‘बिक्रम सम्बत २०४९ सालमा खोलिएको ट्रकमा पहिलो पटक कालोपत्रे भएको देख्न पाईयो’ उहाँले भन्नुभयो ‘वडामा नै पहिलो पटक कालोपत्रे देख्न पाउदा आफु सहित गाउँले खुशी भएका छन् ।’

उक्त सडकमा यस अघि नै कालोपत्रेकोलागि टेण्डर आब्हान भएर काम भएको भएता पनि ठेकेदारको लार्पवाहीले अहिलेसम्म कालोपत्रे हुन सकेको थिएन । अहिले गरिएको कालोपत्रे भने नेपाली काँग्रेसकी राष्ट्रिय सभा सदस्य कमला पन्तको साँसद बिकास कोषबाट भएको उहाँले बताउनुभयो ।

आफुले निर्वाचनको बेला पनि उक्त सडक खण्डमा कालोपत्रे गर्ने बाचा गरेको सम्झना गर्दै वडाध्यक्ष परियारले भन्नुभयो,पुरै गर्दा ७ किलो मिटर होला तर सुरुवात भएको छ । आगामी दिनमा यसलाई निरन्तरता दिईने छ ।’

गाउँमा सडक कालोपत्रे भएको देखेर स्थानिय बिक्रम मल्ल पनि खुशी देखिन्थे । जलदेवी बनदेवी टोल बिकास संस्थाका अध्यक्षसमेत रहेका मल्लले बाटो कालोपत्रे भएपछि स्थानियले उत्पादन गरेको तरकारी र मासुजन्य पशुपन्छी बजारसम्म लान सहज हुने बताउनुभयो ।

साना शहरी बिकास कार्यालय कास्की अन्तरर्गत भएको उक्त काम चिराग कन्ट्रक्सनले गरेको होे । ९६ लाख ४३ हजार ६२४ रुपैयाँ ५० पैसाको बजेट बिनियोजन भएको भएपनि ठेकेदार कम्पनीले ६६ लाख ३५ हजार ९३९ रुपैयाँ ५ पैसामा कबोल गरेर काम सम्पन्न गरेको ५ ।

कन्ट्रक्सनले मझुवा–बैटारी–हटीयाँ खण्डमा ४०० मिटर कालो , ७५ मिटर ढलान र ५०० मिटरभन्दा बढी नाला निर्माण गरेको छ ।

सडक कालोपत्रे भएसंगै १३ नम्बर भित्रका फेदीटोल, दराई गाउँ, जै कोट, सातदोबाटे, बैटारी, यु खर्क, पसैथोक, सुनारगाउँ, तल्लो हटिया, मनमस्ता, दमाई गाउँ, कामी गाउँ, सिमल थुम्की, ढकाल गाउँ, बेलघारी, ठिंमुरे र वडा नम्बर १४ को उपल्लो हटिया, कोट गाउँ, छाँकु र प्यूघर गाउँका बासिन्दालाई सहज हुने अनुमान वडाध्यक्ष परियारले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology