Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

बैदेशिक रोजगारीमा पठाउने वहानामा ६६ लाख ठगी आरोपमा गोरखाका एक पुरुष पक्राउ


1.4K
Shares

बैदेशिक रोजगारीमा पठाउने वहानामा ६६ लाख ठगी आरोपमा गोरखाका एक पुरुष पक्राउ

गोरखा, ११ साउन । बैदेशिक रोजगारीमा पठाउने वहानामा करिब ६६ लाख ठगी गरेकोभन्दै गोरखा आँपपिपल घर भएका १ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने गोरखा पालुङटार नगरपालिका–२ घरभई हाल कागेश्वरी मनोहरा नगरपालिका–५ बस्दै आएका ३७ बर्षिय रबिन आयार्च भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पुष्टी गरेको हो ।

आचार्यले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै २ जना ब्यत्तीबाट ६५ लाख ९७ हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।

रकम लिएर सम्र्पक बिहिन भएकोभन्दै पिडितले उजुरी दिए लगत्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीको टोलीले उनलाई काठमाडौं महानगरपालिका–२६ सामाखुशीबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology