Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

छेकम्पार–चौरिखर्क–चुम उपत्यका पदमार्ग निर्माण सम्पन्न


1.6K
Shares

छेकम्पार–चौरिखर्क–चुम उपत्यका पदमार्ग निर्माण सम्पन्न

गोरखा, ९ साउन । उत्तरी गोरखाको मनास्लु पदमार्गमा जाने पर्यटहरुले प्रयोग गर्ने छेकम्पार–चौरिखर्क–चुम उपत्यका पदमार्ग निर्माण सम्पन्न भएको छ । मनास्लु संरक्षण क्षेत्र आयोजनाको आर्थिक सहयोगमा छेकम्पार–चौरिखर्क–चुम उपत्यका पदमार्ग हालै निर्माण सम्पन्न भएको आयोजना प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो ।

‘आन्तरिक तथा बाह्य पर्यटकले मनास्लु पदमार्गमा जादा प्रयोग गर्ने छेकम्पार–चौरिखर्क–चुम उपत्यका पदमार्ग केही असजिलो थियो’ उहाँले भन्नुभयो ‘हाम्रो आयोजनाको आर्थिक सहयोगमा उक्त पदमार्ग मर्मत गरेर हालै सम्पन्न भएको हो ।’ पदमार्ग बने संगै पर्यटकलाई यात्रामा सहजता हुने पनि उहाँँले बताउनुभयो । उक्त मार्ग छेकम्पारको संरक्षण क्षेत्र ब्यवस्थापन समितिको नेतृत्वमा स्थानियस्तरमाबाट काम सम्पन्न भएको हो ।

पदमार्ग निर्माण सम्पन्न भए लगत्तै पदमार्गको सुधार हुनुका साथै पर्यटकहरुको यात्रा थप सुरक्षित र हसज हुने विश्वास आफुले लिएको आयोजना प्रमुख शेरचनले जानकारी दिनुभयो । ४ स्थानमा गरिएको निर्माण गरिएको पदमार्गमा आयोजनाले २३ लाख ८३ हजार १०० रुपैयाँ खर्चिएको छ । जस अन्तर्गत चुम्लिङबाट छेकम्पार जादा बिच बाटोमा पर्ने चौरिखर्क पदमार्ग झारहरु भिरमा हिडेर ढुङ्गा खसाल्दा पदयात्रीलाई लाग्ने र घाईते हुने गरेका थिए ।

उक्त मार्गमा फलामका पोलहरु राखेर २१० मिटर लामो ग्याबिन जाली हालिएको आयोजनाले जनाएको छ । उक्त कार्यका लागि ६ लाख ९० हजार खर्च गरेको आयोजनाले अबदेखी भने ढुङ्गा खस्दापनि जालीले रोक्ने र पर्यटकले सुरक्षित यात्रा गर्न सक्ने भएको छ । सोही मार्ग अन्तरर्गतको चुम्लिङ्गको पदयात्रा मार्ग गत बर्ष आएको बाढीले भत्काएको र सोको मर्मत कार्य सम्पन्न भएको छ ।

जहाँ ९८ मिटर लामो बाटो बनाएको छ । जमिनको भू–क्षय रोक्ने गरी भिरबाटै ढुङ्गालेर बाटो सम्म ल्याएकोले अब बाटोलाई क्षती नपुग्ने आयोजनाले जनाएको छ । उक्त कार्यकालागि आयोजनाले ४ लाख ८७ हजार खर्च गरेको छ । मनास्लु पदमार्गको नुब्री भ्याली तर्फ जाने बिहीबाट गपसम्म पुग्ने पदमार्ग समेत मर्मत गरिएको आयोजनाले जानकारी दिएको छ ।

जहाँ १३० मिटरको ढुङ्गाको सिडी बनाएको छ भने बाटोको छेउमा यात्रालाई सहज हुने गरी फलामे पोल राखेर जाली हालिएको आयोजना प्रमुख शेरचनले जानकारी दिनुभयो ।

सो कार्यकालागि ४ लाख ९८ हजार खर्च भएको भएको उहाँले बताउनुभयो ।  चुमनुब्री गाउँ पालिकाको साझेदारीमा नाक्चेतदेखी फिलिम जाने झोलुङ्गे पुलसम्म मेसिनरी सिडी बाटो बनाएको छ । ११० मिटर उक्त बाटोको छेवैमा समेत फलामे पोल हालेर जाली हालिएको छ । सिडी र पोल राखेर जाली हाल्दा ७ लाख ८ हजार १०० रुपैयाँ खर्च भएको प्रमुख शेरचलने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology