Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

जनार्दन शर्मालाई लक्ष्य गर्दै प्रचण्डले भने-प्रशस्त सिँगौरी खेल्न दिएको छु


1.3K
Shares

जनार्दन शर्मालाई लक्ष्य गर्दै प्रचण्डले भने-प्रशस्त सिँगौरी खेल्न दिएको छु

काठमाडौं, ८ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रका भिन्न मतप्रति अलि बढी उदार हुने आफ्नो कमजोरी रहेको बताएका छन् । पार्टीभित्र भिन्न मत राखेका नेताहरू कसैलाई पनि आफूले कारबाही नगरेको प्रचण्डको भनाइ छ । ‘मैले कसैलाई कारबाही गरिनँ, कमरेड मोहन वैद्य किरण, बाबुराम भट्टराई, रामबहादुर थापा बादल, अरूअरू थुप्रै थुप्रै,’ उपमहासचिव जनार्दन शर्माप्रति लक्ष्य गर्दै प्रचण्डले भने, ‘कसैलाई पनि मैले पार्टीबाट निकालेको चाहिँ छैन ।’

अध्यक्ष प्रचण्डले नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७ ‍औं स्मृति दिवसमा काठमाडौंमा बुधबार भएको गोष्ठीमा यसो भन्दै गर्दा कार्यकर्ताहरूले ताली बजाएका थिए ।

‘तर कतिपय साथीहरूलाई लाग्छ( पार्टीबाट ननिकालेर के गर्ने, बस्ने ठाउँ नै नदिएपछि भन्ने लाग्छ, त्यो पनि सत्य होइन । मैले पर्याप्त छलफलको वातावरण दिने गरेको छु ।

अहिले पनि केही साथीहरूले ल त भनेर अलिअलि सिँगौरी खेल्न पाए हुन्थ्यो जस्तो गर्नुभएको छ, उहाँलाई प्रशस्त सिँगौरी खेल्न दिएको छु, अस्ती डेढ महिना देशैभरि लिएर हिँडे मैले,’ प्रचण्डले भन्नुभयो ।

आफू ३६ वर्षदेखि नेतृत्वमा रहेको पनि उहाँले बताउनुभयो । ‘म ३६ वर्षदेखि नेतृत्वमा छु, एकथरी मानिसलाई छटपटी हुन्छ नि, ३६ वर्ष भइसक्यो छोड्दैन, अझै नेतृत्वमा बसिरहन चाहिराख्छ, के तालको, नेपालमा प्रचण्डबाहेक ३६ वर्षसम्म कार्यकारी पदमा कोही पनि छैन, यो कुरा साथीहरूले भनेको बेलाबेला राति सुत्ने बेला विचार गर्छु के यो हैरान, एक मनले सोच्छु( छोड्छु। फेरि अर्कोतिर राम्रो विचार नगरी छाड्यो भने विग्रने हो कि भन्ने लाग्छ,’ उहाँले भन्नुभयो

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology