गोरखा, ८ साउन । गोरखा चेम्बर अफ कमर्शको भवन निर्माणकालागि एक जना स्थानिय महिलाले करिब १२ आना जग्गा दान गरेका छन् । गोरखा नगरपालिका–६ निवासी बिनिता श्रेष्ठले गोरखा नगरपालिका–५ को गोरखा दरर्बार क्षेत्रमा रहेको ११ आना १ पैसा ३ दाम जग्गा दान गरेको चेम्बर अफ कमर्श गोरखाका अध्यक्ष राम स्वरुप श्रेष्ठले जानकारी दिनुभयो ।
दाताबाट हालै जग्गा प्राप्त भएको र भवन निर्माणकोलागि नक्सा बनाउने काम भई रहेको छ । ‘हामीलाई दाताले हालै जग्गा नामासारी गरीदिएका छन्’ उहाँले भन्नुभयो ‘भवन निर्माणकोलागि नक्सा बनाउने काम भईरहेको छ ।’
उक्त जमिनमा साउनको ३१ गते भवनको शिलान्यास गराउने तयारी भइरहेको पनि अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
यता भवन निर्माण सम्पन्न भए लगत्तै भवनको नाम द्यद्द गोरखा चेम्बर अफ कमर्श राखिने गोरखा चेम्बर अफ कमर्शका महासचिव अशोक राना मगरको भनाई छ ।
हालको बजार मूल्य अनुसार उक्त जमिन २५ लाख बरावरको रहेको छ । जग्गा दाता गोरखा चेम्बर अफ कमर्शका संस्थापक अध्यक्ष भाई चन्द्र श्रेष्ठका धर्मपत्नी हुन ।