गोरखा, ८ साउन । भिमसेन थापा गाउँपालिकाले भोली पालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार भिमसेन थापाको २५१औं जन्म जयन्ती परेकोले पालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष लोक प्रसाद बन्जारा अक्कलले जानकारी दिनुभयो ।
साउन ९ गते शुक्रबार नेपालका प्रथम मुख्तियार भिमसेन थापाको जन्य जयन्ती परेकाले गाउँपालिकाको कार्यालय, गाउँ कार्यपालिका तथा मातहतका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक बिदा दिन लागेको उहँले बताउनुभयो ।
गएको आर्थिक बर्ष ०८२ असार ३२ गते बसेको गाउँ कार्यपालिकाबाट साउन ९ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय भए अनुसार नै पालिकाले सूचना जारी गरेर बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारीले बताउनुभयो ।