Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

छोराले गरे बुवाको हत्या


1.6K
Shares

छोराले गरे बुवाको हत्या

सुनसरी, साउन ७ गते । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा पारिवारिक समस्या र जग्गा विवादले उग्ररूप लिँदा छोराले छुरा प्रहार गरी बुवाको हत्या गरेका छन् ।

देवानगञ्ज ३ का ३५ वर्षीय रियाज अन्सारीले आफ्नो ६५ वर्षीय बुवा सबिब अन्सारीको कुटपिटसहित छुरा प्रहार गरी हत्या गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार मंगलबार राति विवाद चर्किएपछि रियाजले बुवालाई कुटपिट गरेका थिए । गम्भीर चोटका कारण घटनास्थलमै सबिब अन्सारीको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जनाएको छ।

पारिवारिक स्रोतका अनुसार अन्सारी परिवारमा लामो समयदेखि जग्गाको स्वामित्व र अंशबन्डालाई लिएर विवाद थियो। सोही विषयलाई लिएर पटक–पटक घरमा झगडा हुँदै आएको थियो।

प्रहरीले अभियुक्त रियाज अन्सारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ। शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी बायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो।

घटनाले स्थानीय स्तरमै केहीमा चासो र त्रास उत्पन्न गराएको छ। पारिवारिक विवादले ज्यान जाने अवस्था आउनु दुःखद भएको स्थानीयबासीले बताएको पत्रकार ब्राह्मदेव मेहताले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology