Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

स्लोभाकिया पठाइदिन्छु भनेर रकम ठगी गरेको आरोपमा गोरखाकी एक महिला पक्राउ


3.7K
Shares

स्लोभाकिया पठाइदिन्छु भनेर रकम ठगी गरेको आरोपमा गोरखाकी एक महिला पक्राउ

गोरखा, ७ साउन । वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर रकम ठगी गरेको आरोपमा प्रहरीले गोरखाकी १ जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीकी २९ बर्षिया जुनु राना थापा मगर भएको प्रहरीले पुष्टी गरेको हो ।

गोरखा घर भएकी उनी काठमाडौं महानगरपालिका–१५ बस्दै आएकी जुनुले आकर्षक रोजगारीमा स्लोभाकिया पठाइदिन्छु भनेर ३ लाख १० हजार लिएर सम्पर्क बिहीन भएपछी पिडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले उनलाइ पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेकी जुनुलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि बैदेशिक रोजगार विभाग ताहाचलमा बुझाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology