Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

४३ औँ विपि स्मृति दिवसको अवसरमा गोरखा अस्पतालका विरामीलाई फलफुल वितरण


2.2K
Shares

४३ औँ विपि स्मृति दिवसको अवसरमा गोरखा अस्पतालका विरामीलाई फलफुल वितरण

गोरखा, ६ साउन ः नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको ४३ औंँ स्मृति दिवसको अवसरमा आज प्रदेश अस्पताल गोरखामा उपचाररत विरामीहरुलाई फलफुुल वितरण गरिएको छ ।

कांग्रेस जिल्ला पार्टी समितिको सहयोगमा नेपाल विद्यार्थी संघ गोरखाले अस्पतालमा उपचार विरामीलाई स्वास्थ्य लाभको कामनासहित फलफुल वितरण गरेको नेविसंघका जिल्ला अध्यक्ष शिवहरी तिमल्सिनाले जानकारी दिनुभयो । सो अवसरमा अस्पतालमा उपचार ५० जना विरामीलाई फलफुल वितरण गरिएको हो ।

‘‘बी.पी. कोइरालाले राजनीति केवल सत्ताका लागि नभई जनताको सेवाका लागि हो भन्ने दृष्टिकोण राख्नुहुन्थ्यो । आजको दिनमा उहाँको स्मृतिमा सामाजिक सेवामार्फत उहाँको आदर्श पछ्याउने प्रयास गरेका छौं।’’ उहाँले भन्नुभयो ।

पार्टीका कार्यवाहक जिल्ला सभापति धिरन थापाको नेतृत्वमा पार्टीका सहसचिव गगन अधिकारी, जिल्ला सदस्य राजनराज पन्त, नेविंसघका केन्द्रीय सदस्यहरु, जिल्ला समितिका सदस्यहरुसहित टोली फलफुल वितरणका लागि अस्पताल पुगेका थिए ।

त्यस्तै आजै नेपाली काग्र्रेस गोरखाको पार्टी कार्यालय ४३ औं स्मृति दिवसको अवसरमा स्वर्गीय कोइरालाको शालिकमा माल्र्यापणसमेत गरिएको नेपाली कांग्रेस गोरखाका सहसचिव लुमनाथ लामिछानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology