गोरखा, ४ साउन : मुग्लिन–नारायणगढ सडकखण्डमा गुडिरहेको गाडीमा गाडीमाथि ढुंगा खस्दा तीन जना गम्भीर घाइते भएका छन् । तुइनखोला पुल नजिकै सडकमा गुडिरहेको भारतीय गाडीमाथि ढुंगा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिनुभयो ।
गाडीमा पाँच जना सवार रहेको प्रहरीले जनाएको छ । गाडीको अगाडीको भागमा एयरव्याग खुलेका कारण अगाडी बसेकाहरुको अवस्था भने सामान्य रहेको प्रहरीको भनाई छ । भारतीय नम्बर प्लेटको यूपी ८० जीपी २९२८ नम्बरको भारतीय कारमाथि ढुंगा खसेको हो ।