Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

सहिद लखन गाउँपालिकाका अध्यक्षद्धारा जनप्रतिनिधि र कर्मचारीसंग कार्य सम्पादन सम्झौता


2.4K
Shares

सहिद लखन गाउँपालिकाका अध्यक्षद्धारा जनप्रतिनिधि र कर्मचारीसंग कार्य सम्पादन सम्झौता

गोरखा ४ साउन । गोरखाको सहिद लखन गाउँपालिकामा मातहतका जनप्रतिनिधि तथा कर्मचारीसंग कार्य सम्पादन करार सम्झौता गरिएको छ । गाउँपालिका अध्यक्ष रमेश बाबु थापामगरले पालिका उपाध्यक्षसहित वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु र प्रमुख प्रशासकीय अधिकृत संग कार्यसम्पादन करार सम्झौता गर्नुभएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले पालिका भित्र सुशासन कायम गर्न र कार्य सम्पादनको स्तरवृद्धि तथा जवाफदेहिता सृजना गर्न पालिका अध्यक्षले मातहतका जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतसंग कार्यसम्पादन करार सम्झौता गर्नुभएको हो ।

गाउँपालिकाले सुशासन, व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ तथा नियमावली २०६५ बमोजिम मातहतका जनप्रतिनिधि तथा कर्मचारीहरुसंग कार्यसम्पादन करार सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology