Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

भिमसेनथापा गाउँपालिकाले हरेक महिना पशु स्वास्थ्य घुम्ती शिविर सञ्चालन गर्ने


959
Shares

भिमसेनथापा गाउँपालिकाले हरेक महिना पशु स्वास्थ्य घुम्ती शिविर सञ्चालन गर्ने

गोरखा, ३ साउन । भिमसेनथापा गाउँपालिकाले हरेक महिना प्रत्येक वडामा “पशु स्वास्थ्य घुम्ती शिविर तथा गाउँ टोल घर–घरमा पशु प्राविधिक सेवा” कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत पशु सेवा शाखा पशुप्राविधिकलाई किसानको घरगोठमा पु¥याउने योजनासहित पशुु स्वास्थ्य घुम्ती शिविर सञ्चालन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रमअन्तर्गत विभिन्न वडामा निःशुल्क पशु बीमा, गोबर परिक्षण, थुनेलो परीक्षण लगायत आवश्यक परामर्श र उपचार सेवा उपलब्ध गराइने उहाँले बताउनुभयो । जस अन्र्तगत वडा नम्बर १ मा प्रत्येक महिनको १ गते, वडा नम्बर २ मा प्रत्येक महिनाको २ गते, वडा नम्बर ३ मा प्रत्येक महिनाको ३ गते, वडा नम्बर ४ मा प्रत्येक महिनाको ४ गते शिविर सञ्चालन हुनेछ ।

त्यस्तै वडा नम्बर ५ मा प्रत्येक महिनाको ५ गते, वडा नम्बर ६ मा प्रत्येक महिनाको ६ गते, वडा नम्बर ७ मा प्रत्येक महिनाको ७ गते र वडा नम्बर ८ मा प्रत्येक महिनाको ८ गते शिविर सञ्चालन हुनेछ । कार्यक्रमबाट पशुपालन व्यवसायलाई अझ व्यवस्थित र व्यवसायिक बनाउन सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology