Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

चार जनालाई न्युनतम शुल्कमा पढाउने गोरखा दरौँदी यातायात र रेडन एडुकेशन बीच सहमति


2.4K
Shares

चार जनालाई न्युनतम शुल्कमा पढाउने गोरखा दरौँदी यातायात र रेडन एडुकेशन बीच सहमति

गोरखा, १ साउन । गोरखा दरौँदी यातायात सेवा कम्पनी प्रा.लि. र रेडन एडुकेशन फाउन्डेसन प्रा.लिबीच यातायात व्यवसायीको सिफारिसमा ४ जनालाई न्युनतम शुल्कमा पढाउने सहमति भएको छ ।

यातायात सेवा प्रा.लि र फाउण्डेसन बीच मंगलबार सहमति भएको गोरखा दरौँदी यातायात सेवा प्रा।लिका अध्यक्ष दीपक वोहोराले जानकारी दिनुभयो । सम्झौता अनुसार अब रेजन एडुकेशन फाउन्डेसनले दरौँदी यातायात अन्तर्गत सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनहरूमा आफ्नो नाम र व्यानर राखी प्रचार–प्रसार गर्न पाउने भएको छ।

त्यस्तै रेजन एडुकेशन फाउन्डेसनले दरौँदी यातायात कम्पनीमार्फत प्रत्येक बर्ष ११ र १२ मा पढ्ने ४ जना विद्यार्थीलाई न्युनतम शुल्क (प्रयोगशाला शुल्क र परीक्षा शुल्क) मा पढाउनुपर्ने सहमति भएको उहाँको भनाई छ । यो सहमति २०८२ साल साउन १ गतेदेखि लागू भई दुई वर्षका लागि कायम रहनेछ ।

सहमति पत्रमा गोरखा दरौँदी यातायात सेवा कम्पनीका तर्फबाट अध्यक्ष दीपक वोहोरा र रेजन एडुकेशन फाउन्डेसन प्रा।लिका प्रतिनिधिको तर्फबाट सरोजबाबु कैनीले हस्ताक्षर गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology