Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेपाल लोकतान्त्रिक खेलकुद संघ गोरखाको अध्यक्षमा शिवराम श्रेष्ठ चयन


3.5K
Shares

नेपाल लोकतान्त्रिक खेलकुद संघ गोरखाको अध्यक्षमा शिवराम श्रेष्ठ चयन

गोरखा १ साउन । नेपाल लोकतान्त्रिक खेलकुद संघ गोरखाको अध्यक्षमा शिवराम श्रेष्ठ चयन भएका छन् । गोरखा सदरमुकाममा आज भएको भेलाले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो । नेपाली काँग्रेसको पार्टी कार्यालयमा भएको भेलाले उपाध्यक्षमा गोरखा नगरपालिका–९ का तुलबहादुर गुरुङलाई चयन गरेको छ ।

त्यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को अध्यक्षमा गण्डकी गाउँपालिका–२ का प्रकाश गुरुङ र क्षेत्र नम्बर २ को अध्यक्षमा अजिरकोट गाउँपालिका–४ का प्रविण गुरुङलाई भेलाले सर्वसम्मत रुपमा चयन गरेको छ । अव आउदो साउन १३ गते बृहत भेला बोलाएर समितिलाई पूर्णता दिने सहमती भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार संघको केन्द्रिय प्रतिनिधि तर्फ क्षेत्र नम्बर १ बाट आरुघाट गाउँपालिका–२ का रमेश गुरुङ, गोरखा नगरपालिका–६ का दिपेन्द्र श्रेष्ठ र शहिदलखन गाउँपालिका–६ का स्मृति गुरुङ चयन हुनुभएको छ । उता क्षेत्र नम्बर २ बाट केन्द्रीय प्रतिनिधिका लागि अजिरकोट गाउँपालिका–४ का प्रेम तामाङ, सिरानचोक गाउँपालिका–६ का हरी कुमार थापा र सिरानचोक गाउँपालिका–१ की सुनिता गैरै रम्तेल चयन हुनुभएको छ ।

निर्वाचित पदाधिकारीहरुलाई नेपाली काँग्रेस गोरखाका सभापति नन्द प्रसाद न्यौपानेले खाँदा लगाएर सम्मान गर्नुभयो । नेपाल लोकतान्त्रिक खेलकुद संघ नेपाली काँग्रेसको भातृ संस्था हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology