Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बारपाक स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा


2.2K
Shares

बारपाक स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

गोरखा, २९ असार : गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ र २ स्थित बारपाक स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ संस्था घोषणा गरिएको छ । पोषणसम्बन्धी सेवा र पूर्वाधारका निर्धारित १६ सूचकको आधारमा बारपाक स्वास्थ्य चौकीलाई पोषणमैत्री घोषणा गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोदराज भट्टले जानकारी दिनुभयो ।

स्थानीय सरकारको अगुवाइ, वडास्तरको समिति गाउँपालिकाको अनुगमन स्वास्थ्य शाखा र खाद्य पोषण सुरक्षा सुधार आयोजना कार्यालय गोरखाको अनुगमनपछि स्वास्थ्य चौकीलाई शनिबार औपचारिक रूपमा पोषणमैत्री घोषणा गरिएको उहाँले बताउनुभयो ।

बारपाक स्वास्थ्य चौकीले पोषण शिक्षा, सुत्केरी सेवामा पोषण परामर्स, कुपोषण पहिचान र व्यवस्थापन, स्तनपानको प्रवद्र्धन, बालमैत्री सेवा, स्वच्छतामैत्री पूर्वाधारलगायतका पोषण मैत्री संस्थाका सूचकहरूको मापदण्ड पुरा गरेको प्रमुख भट्टको भनाई छ । बारपाक सुलिकोट गाउँपालिकामा बारपाक स्वास्थ्य चौकी पोषण मैत्री स्वास्थ्य संस्था घोषणा भएको पहिलो स्वास्थ्य चौकी हो ।

‘‘बारपाक स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा पालिकाका लागि गौरवको विषय हो, गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले भन्नुभयो, “बालबालिकाको भविष्य उज्यालो बनाउन पोषणको पहुँच सबैको हक हो, यस घोषणाले स्वास्थ्य सेवा अझ प्रभावकारी, उत्तरदायी र नागरिकमैत्री हुनेछ ।’’

पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भएसँगै अब चौकीमा सेवा लिन आउने गर्भवती महिला, सुत्केरी, नवजात शिशु तथा पाँच वर्षमुनिका बालबालिकालाई पोषण केन्द्रित सेवा विशेष प्राथमिकतामा प्रदान गरिने अध्यक्षले भट्टले बताउनुभयो ।

समुदायमैत्री स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले अघि बढाइएको यो अभियानले दीर्घकालीन रूपमा कुपोषण न्यूनीकरण गर्दै समृद्ध गाउँपालिका निर्माणमा योगदान पु¥याउने गाउँपालिकाको विश्वास रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology