कञ्चनपुर, २९ असार : कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीय कमला दमाई ९आउजी०को सर्पदंशबाट मृत्यु भएको छ । महिनावारी ९रजस्वाला० भएका समयमा घरको आँगनमै रहेको गोठमा सुत्न गएका बेला उहाँलाई बायाँ गालामा शुक्रबार सर्पले डसेको थियो ।
तत्काल उहाँलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्याइएको थियो । अस्पतालमा उपचारका क्रममा दमाईको शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले बताउनुभयो ।
कमलाका तीन स–साना बालबालिका छन् । मृतकका श्रीमान् रोजगारीका लागि भारतमा रहेका छन् । दमाईको बस्नका लागि पक्की घर भए पनि महिनावारी भएपछि सुत्नका लागि घरको आँगनमै बनाइएकोे गोठमै जाने गरेको स्थानीय बासिन्दाको भनाइ छ । स्थानीयका अनुसार कमला महिला दुई महिनाअघिमात्र भारतबाट घर आइपुगेकी थिइन् ।