Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखामा ईभी माईक्रो दुर्घटना


3.4K
Shares

गोरखामा ईभी माईक्रो दुर्घटना

गोरखा, २८ असार । गोरखामा माईक्रो दुर्घटना भएको छ । दुर्घटना हुदा मोबाईल पसलमा क्षती पुगेको छ भने १ जना यात्रु घाईते भएका छन् ।

गोरखा नगरपालिका–६ को अस्पताल मार्गको चालिसे चोक नजिकै बाग्मती प्रदेश ००६ ख ६३२२ नम्बरको हाईगर ईभी माईक्रो दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

गोरखा बजारबाट ध्याम्पेशाल तर्फ जान लागेको उक्त माईक्रो चालिसे चोकमा रोकी राखेको अवस्थामा माईक्रो आफै पछाडी हटेर दुर्घटना भएको एक जना प्रत्यक्ष दर्शीले बताएका छन् ।

माईक्रो ब्याक हुदा अतालिएर हाम्फाल्ने क्रममा गोरखा नगरपालिका–३ नारेश्वरकी ४१ बर्षिया कबिता तिवारी सामान्य घाईते हुनुभएको छ । उहाँको गोरखा अस्पतालमा उपचार लगत्तै डिस्चार्ज गरिएको छ ।

बिकास मोबाईल सेन्टरको पसल भित्र परेको माईक्रो कारण पसलमा क्षती पुगेको छ । क्षतीको पूर्ण विवराण भने आउनै बाँकी छ ।

दुर्घटनामा परेको माईक्रो गोरखा दरौंदी यातायात सेवा प्रालि अन्तरर्गतको पुष्टी भएको छ । माईक्रो दुर्घटना हुदा माईक्रो भित्र ४ जना यात्रु रहेको पनि ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology